तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको जितगढी किल्ला ऐतिहासिक स्थल हो । यतिबेला यो किल्लाको मुहार बदलिएको छ । वीरताको प्रतिकका रूपमा रुपन्देहीको जितगढी किल्ला चीर परिचित छ ।
म्याग्दीका चारवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
ताप्लेजुङका स्थानीय तहले गोलिया काठ ओसार–पसार गर्नमा रोक लगाएका छन् । ग्रामीण क्षेत्रका सडक जोगाउन स्थानीय तहहरूले गोलिया ओसारपसारमा रोक लगाएका हुन् ।
झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर– सुडा सडक खण्डमा गए राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सङ्खुवासभाको खांदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवं दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।
कर्णाली प्रदेश मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका स्थित प्रसिद्ध रारा तालको मनमोहक दृश्य ।
जुम्लाको हिमा गाउँपालिका- ४ स्थित हिमा नदीमाथि बनाइएको कलात्मक काठको पुल ।
कास्कीको पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
नसना मेरी बहिनीकी सखी । उनीहरूबिच कुनै पनि कुरा गोप्य रहँदैनथ्यो । आत्मीय साथी भएका कारण सुख र दुःख साझा थियो । नसना अलिक दुब्ली, पातली थिइन् । गोरो वर्णकी नसना हिस्सी परेकी थिइन् । बहिनीसँग प्रायः घरमा आइरहन्थिन् उनी । मसँग पनि बोल्थिन् । उनले मलाई भेट्दा गर्ने प्रश्न सधैँ एउटै थियो, “सन्चै हुनुहुन्छ ?” म भने प्रायः टाउको मात्र हल्लाउँथेँ । कहिलेकाहीँ मात्र “ठिक छु” भन्ने उत्तर दिन्थेँ । लामो र गहिरो संवाद भने उनीसँग कहिल्यै भएन मेरो । उनी भने मसँग कुरा गर्ने बहाना झिकिरहन्थिन् ।
तिम्रा आँखाबाट सधैँ झरेको म मान्छे पल पल जिन्दगीमा मरेको म मान्छे । आफ्नो मुटु रित्तो पारि दिएको थेँ मैले विधाताले सिङ्गै भाग्य हरेको म मान्छे ।
साथी कस्तो हुनु पर्छ तिमीसँग सिकेँ मैले साथीमा हुनुपर्ने सबै गुण तिमीसँग पाएँ मैले तिम्रो साथले मेरो जीवन अर्थपूर्ण बनाएका छौ साँच्चै तिमी मेरो लागि विशेष छौ
मुस्ताङको दामोदर कुण्डबाट निस्कने पानी र मुक्तिनाथ मन्दिरमा उत्पत्ति भएको पानी कागबेनीमा एक ठाउँमा मिसिन्छ र कालीगण्डकी नदी बन्दछ । विभिन्न जिल्ला हुँदै तनहुँको देवघाट पुग्दा नदीको बहाव मात्रै होइन, यसको महत्व पनि बढेको पाइन्छ । जिल्ला र प्रदेशको सिमानाको काम गरेको यो नदी वैदिक सनातन धर्म मान्नेको आस्थाको केन्द्र हो । भगवान् विष्णुको साक्षात् स्वरूप मानिने शालग्राम (शालिग्राम) यही नदीमा पाइन्छ । विभिन्न चाडपर्वमा कालीगण्डकी नदीमा घुइँचो नै लाग्ने गर्दछ । ए
काठमाडौँ खाल्डोबाट मौसम खुल्दा टाढा देखिने हिमाललाई नजिकैबाट आँखाले स्पर्श गर्न पाउने सुनौलो अवसरलाई कसले पो अस्वीकार गर्न सक्थ्यो र ! हिमाल हेर्ने र प्रकृतिसँग मितेरी गाँस्दै पदयात्रा गर्ने त्यही उत्कट चाहनाले तानेर मलाई लाङटाङ भ्यालीको यात्रामा डो¥याएको थियो । यो सुनौलो अवसर जुराइदिएको थियो, मातृअरबिन्द माध्यमिक विद्यालय चन्द्रागिरि काठमाडौँले । विद्यार्थीलाई व्यावहारिक सिप, उत्पादनमुखी शिक्षामा जोड दिँदै देशको भूगोल, संस्कृति, प्रकृति चिनाउने