वर्षाको समयमा राजविराज-सखडा र सखडा-नेउर सडकखण्डमा आवागमनमा समस्या हुने भएकाले पाँच दिनभित्र मर्मत गरिने भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिनेक्रम बढ्दो छ । आर्थिक उन्नति र पारिवारिक दायित्वको बाध्यताले वैदेशिक रोजगारीको सपना बुन्दै राहदानीका लागि दैनिक सयौँ युवा प्रशासनमा भिड लगाउँदै आएका छन् ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले २०८४ सम्म नै सत्तासमीकरण यथावत् रहने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ माले डाँडामा एमालेका नेता श्रीमणि आचार्यको सालिक अनावरण गर्नुहुँदै महासचिव पोख्रेलले अहिलेको सत्तासमीकरण २०८४को निर्वाचन पछिसमेत कायम रहने बताउनुभयो ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
भारत सरकारले शुक्रबार राति परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानुन लागू गरेको छ। नयाँ कानुनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको जेल र १० मिलियन भारतीय रुपैयाँको मौद्रिक जरिवाना जस्ता दण्डात्मक प्रावधानहरू समावेश गरेको छ ।
रुसले शनिबार देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात ‘ठुलो’ आक्रमण गरेको युक्रेनले बताएको छ ।
आन्तरिक तथा बाह्य पर्यटनको एक मात्र उपयुक्त आकर्षण पर्यटकीय गन्तव्यका रूपमा रहेको रारातालसम्म पुग्ने नाग्म-गममडी सडक स्तरोन्नति गर्न उक्त खण्ड १५ दिनसम्म बन्द हुने भएको छ ।
बाह्रबिसे नगरपालिकाले २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । नगरप्रमुख बालकृष्ण बस्नेतद्वारा प्रस्तुत १५ औँ नीति तथा तथा कार्यक्रमले स्थानीय जनताका घरदैलोमा स्थानीय सरकार रहेको प्रत्याभूति दिने गरी काम सञ्चालनमा रहेको बताउनुभएको छ ।
विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौडा सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ ।
मुक्त हलियाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कञ्चनपुरका स्थानीय तहलाई आग्रह गरिएको छ । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट, नीति तथा कार्यक्रममा मुक्त हलिया समुदायको आय आर्जन, सीप क्षमता विकासलगायत रोजगारीका कार्यक्रमको योजना तर्जुमा गरी कार्यान्वयन गर्न माग गरेको छ ।
महोत्तरीमा लामो समयदेखि वर्षा नहुँदा उखु र मकै खेती सुक्न थालेका छन् । मौसम विभागले देशभर मनसुन सक्रिय भएको जनाए पनि महोत्तरीमा एक पटक मात्र पानी परेको छ ।
मोरङको पथरीशनिश्चरे–१० को भुटानी शरणार्थी शिविरबाट दक्षिणतर्फ शनिश्चरे बजार–गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।
मकवानपुर राक्सिराङ गाउँपालिका वडा न ५ कुतसिंस्थित लोकप्रिय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ र तामाङ बालबालिकालाई पोसाक वितरण गरिएको हो ।