काठमाडौँ महानगरपालिका-३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोक्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका आठ जना प्रदेश सभा सदस्यले प्रदेश सभा सचिवालयले दिएको ल्यापटप लगायतको सामान फिर्ता दिएका छैनन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गर्नुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिवार अतिथि भवन तथा विवाह मण्डपको उद्घाटन भएको छ । करिब चार करोड रुपियाँको लागतमा अतिथि भवन तथा विवाह मण्डप निर्माण गरिएको हो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताउनुभएको छ ।
वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि दुई अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को तुलनामा अगामी आर्थिक वर्षको बजेट ६२ करोडले कम छ।
मधेश प्रदेश सभाको बैठकले प्रदेश बालिका संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित गरिएको छ । सभाको तेस्रो अधिवेशनको शनिबार बसेको १४ औं बैठकले बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो । यस्तो विधेयक मुलुकमै पहिलो भएको दाबी गरिएको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा नं. २ एल गाउँका ६१ वर्षीय शेरबहादुर बुढा प्यारेलाइसिसको रोगी हुनुहुन्छ । उहाँ उठबस गर्न, हिँडडुल गर्न तथा बोल्नसमेत सक्नुहुन्न । शुक्रबार करिब १२ः३० बजे बुढा जिल्ला प्रशासन कार्यालय बाँकेको ढोका अगाडि भुईँमा सुतेको अवस्थामा हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेट पारित भएको छ । शनिबार बसेको प्रदेश सभा बैठकको बहुमतले बजेट पारित गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गर्नुभयो।
आँधिखोला गाउँपालिकाले पालिकाका सबै नागरिकको दुर्घटना बिमा गर्ने भएको छ । पालिका गाउँसभाको १५ औ अधिवेशनको नीति तथा कार्यक्रममा पालिका भित्रका १३ हजार ९७० जनाको बिमा गर्ने भनिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताउनुभएको छ ।
चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरूले लगभग २० वर्षको कडा परिश्रमको परिणाम हो, जसले गामा–रेहरू क्याप्चर गर्न ब्रह्माण्डको सबैभन्दा टाढाको भागमा आतिशबाजी जस्तै चम्कन्छ ।