गर्मीले खलखली पसिना बगेका बेला पानी परेर शरीर शीतल भए पनि पञ्चेश्वर गाउँपालिका–४, विनायक गाउँका ३० घरपरिवारको मन शीतल हुन सकेको छैन । किनकि उनीहरूले धान फल्ने सयौँ रोपनी खेत बाँझो छाडेका छन् । विनायक गाउँका मीन चन्द असार ४ गते पानी परेपछि त्यसयता राम्ररी निदाउनुभएको छैन । पानी पर्दा बस्तीमा बाढी पस्ने डरले छिमेकीलाई समेत उहाँ जाग्राम बस्न लगाउनुहुन्छ । विनायकको पल्लीभोरी गाउँमा यही असार ४ र ५ गते अविरल खण्डवर्षा हुँदा आएको बाढीले घरखेतमा आंशिक क्षति पु¥याएको छ । बाढीको डरले राम्ररी निदाउन नपाएका यहाँका ३० परिवार शुक्रबार भने सुरक्षाको माग गर्दै गाउँपालिका पुगे ।
बाजुराका दुर्गम गाउँबस्तीका बासिन्दा पछिल्लो समय बस चढ्ने पर्खाइमा छन् । बाजुराको पूर्वीउत्तर क्षेत्रका दुर्गम गाउँबस्ती सडक सञ्जालमा जोडिएसँगै यहाँका स्थानीयवासी बस चढ्ने पर्खाइमा रहेका हुन् । मार्तडी–कोल्टी सडक कोल्टी हुँदै पिलीचौर पुगेको झन्डै १० वर्ष भए पनि बस सेवा सञ्चालन भने अझै नभएको बुढीनन्दा नगरपालिका–२ का स्थानीय राधा कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत माघमा एक पटक बस कोल्टीमा पुगेपछि अब गाउँबाट बस चढ्न पाइने भयो भन्दै खुसी लागेको थियो । अहिले फेरि त्यो दिनदेखि बस कोल्टीमा नआउँदा त्यो खुसी हराउँदै गएको छ ।” सडक गाउँमा पुगे पनि बस सञ्चालन नियमित नहुँदा यहाँ स्थानीयलाई पहिलेकै झैँ जहाजको पर्खाइमा बस्दै आउनु परेको कार्कीले बताउनुभयो ।
आगलागी र जथाभाबी वन फँडानीले घना वनका रूपमा रहेको वृन्दावन उजाड बन्दै गइरहेको छ । आगलागीले वृन्दावनमा रहेका लालीगुराँसका बोट जलेका छन् । कतिपय स्थानमा लालीगुराँस र सल्लाका रुख नै ढालिएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी लोकमार्गसँगै जोडिएको सिगास गाउँपालिका–१ को वृन्दावनमा बर्सेनि आगलागी र वन फँडानीका कारण वन उजाड बन्दै गएको वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले वृन्दावनसँगै जोडिएका श्रीकेदार र सेला सामुदायिक वनमा पनि बर्सेनि आगलागीका घटना हुने गरेको बताउनुभयो ।
प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो ।
कर्णाली प्रदेश सरकारले यस वर्षको मनसुनजन्य विपत्लाई ध्यानमा राख्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ तयार पारेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको कर्णाली प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिले कार्ययोजना तयार पारेको हो । बस्ती स्थानान्तरणसम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने जिम्मेवारी अनुसार मन्त्रालयले विपत् प्रतिकार्य योजना तयार पारेर लागु गरेको हो । कर्णाली प्रदेशमा नौवटा विषयगत क्षेत्र सक्रिय रहेको र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले पुँजीगत खर्च बढाउन टुक्रे योजनालाई कटौती गरेर बजेट कार्यान्वयनमा जोड दिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट कार्यान्वयन जनमुखी र पारदर्शी बनाउन योजना पूर्ण रूपमा कार्यान्वयन गर्ने नीति अवलम्बन गरेको हो । आगामी आर्थिक वर्षको बजेट खर्च बढाउन मन्त्रालयले चार वटा नीति अवलम्बन गर्ने जनाएको छ । विकास बजेट कार्यान्वयन गर्न चार नीतिको प्रभावकारी कार्यान्वयन गरिने मन्त्रालयका शाखा अधिकृत विद्याप्रसाद उपाध्यायले बताउनुभयो । आगामी आव २०८१/८२ बाट उक्त नीति कार्यान्वयन गरिने छ । पहिलो नीतिका रूपमा कार्यविधि तर्जुमालाई राखिएको छ ।
समाजमा रहेको शोषण, दमन र अन्यायलाई सधैँका लागि अन्त्य गर्ने अठोट बोकेर युद्धमा होमिनुभयो, नौमुले गाउँपालिका–६ का धनबहादुर तारामीमगर । तत्कालीन नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्यकर्ता हुँदै माओवादी लडाकु भएर तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कमान्डर प्रकाण्डलगायत नेताको सुरक्षाको जिम्मेवारी सम्हाल्नुभयो । सेना समायोजन गर्दा योग्य ठहरिएपछि मगरले नेपाली सेनामा समायोजन भई एक वर्ष जागिर गर्नुभयो । नेपाली सेनाले सञ्चालन गर्ने तालिम गर्दागर्दै स्वास्थ्यमा समस्या देखिएपछि स्वैच्छिक अवकाश लिएर गाउँ फर्किने निर्णय गर्नुभयो । स्वैच्छिक अवकाश आएपछि भारतका विभिन्न ठाउँमा रोजगारी गर्न पुगेका उहाँलाई भारतमा गर्ने दुःख आफ्नै देशमा गर्ने हुटहुटी चल्यो । कृषि पेसामै भविष्य देखेका उहाँले ‘तारामी आधुनिक नर्सरी कृषि तथा
मकवानपुर प्रहरीले भेप तथा भेपको फ्लेबरका पटके कारोबारीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना. ६ ख ७१६३ नं. को बसलाई रोकी खानतलासी गर्दा भेप तथा भेपका फ्लेबरहरू फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–११, थानाभ¥याङस्थित सडकखण्डमा बस रोकी खानतलासी गर्दा ५८ कार्टोन विद्युतीय चुरोट (भेप) तथा भेपका फ्लेबरहरू फेला परेपछि त्यसमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
सिन्धुली जिल्लामा रहेका नौ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनमा आएको छ । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बिहीबार कमलामाई नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको घोषणा गर्नुभएसँगै दुई वटा स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयनमा आएको हो । यसअघि गत जेठ ३० गते मरिण गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको पालिका घोषणा गरिएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
‘पानी जीवन हो, यसलाई खेर नफालौँ’ भन्ने अभिव्यक्ति जनचेतना अभिवृद्धिका निम्ति सञ्चार माध्यममा लामो समयदेखि प्रसारण हुँदै आएको छ । जीवनका लागि नभई नहुने पानीमा विश्वमै सम्पन्न मुलुक भएर पनि व्यवस्थापन गर्न नसक्दा गाउँदेखि सहरबजारसम्मै गुणस्तरीय खानेपानीको अभाव छ । मुलुकको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइलाई मौलिक हकमा स्थापित त गरेको छ तर अहिलेसम्मको अवस्थालाई हेर्दा स्वच्छता त परको कुरा भयो, पानी मात्रै पाए पनि उपभोक्ता हर्षित हुने अवस्थामा छन् । खानेपानी तथा सरसफाइ ऐन, २०७९ ले स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको
केन्द्रीय तथ्याङ्क विभागले हालै नेपालको अर्थ मन्त्रालयको तथ्य तथ्याङ्क सार्वजनिक गरेको छ । जस अनुसार हाल नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । हाम्रा छिमेकी चीन र भारत तथा केही नवउदयमान अर्थतन्त्र भएका मुलुकको आर्थिक वृद्धिदरको तुलनामा यो वृद्धिदर सानो देखिए पनि विश्वव्यापी औषत वृद्धिदरमा यो ठिकै हो । केवल हामी उच्च आर्थिक वृद्धिदरको लक्ष्य राख्ने र सो प्राप्ति नभएपछि निराश हुने रोगले ग्रसित भएका मात्रै हौँ ।
सन् १९१० देखि १९४५ सम्म जापानको उपनिवेश रहेको कोरिया उपनिवेशबाट मुक्त भए लगत्तै शीतयुद्धका कारण देश विभाजन भयो । त्यस विभाजनबाट दुई देश उत्तर र दक्षिण कोरिया जन्मिए । उपनिवेश, आक्रमण र लडाइँको चपेटाबाट उन्मुक्ति पाएपछि दक्षिण कोरियाली जनता विचलित नभई आफ्नो विशिष्ट संस्कृति र परम्परालाई कायम राख्दै आधुनिकीकरणतर्फ बढे । देश विभाजनको बेला त्यहाँका बहुसङ्ख्यक कृषकलाई एक छाक टार्न पनि कठिन थियो । त्यतिबेला त्यहाँको सरकारको निम्ति गरिबी निवारण र जनतालाई राहत दिनु नै ठुलो चुनौतीको विषय थियो । यही चुनौतीबिच सन् १९६२ देखि सुरु गरेको पाँच वर्षे आर्थिक विकास योजनाले सन् १९७० सम्म आइपुग्दा केही आर्थिक उन्नति हासिल गरे । तथापि कोरियाली ग्रामीण समुदायमा गरिबी व्याप्त थियो । तत्कालीन राष्ट्रपति पा
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोवा गाउँ । प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त यो गाउँ ढुङ्गेघरको गाउँ भनेर पनि चिनिन्छ ।