प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताउनुभएको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताउनुभएको छ।
मौसम खुल्न थालेसँगै ताप्लेजुङका स्थानीयले आफ्नो क्षेत्रमा रहेका सडकको मर्मत गर्न थालेका छन्। करिव डेढ सातासम्मको अविरल वर्षाका कारण क्षति भएका सडकको स्थानीय आफैँले मर्मत गर्न थालेका हुन्।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई कर छुट दिने निर्णय बदर गरेको छ । आइतबार सुरु भएको १५ औँ नगर सभामा नगर प्रमुख धनराज आचार्यले सुरुमै सो निर्णय बदर गर्न प्रस्ताव गर्नुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताउनुभएको छ।
थ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रूपमा विकास हुँदै गएको छ।
धनगढी उपमहानगरपालिकाले नगर विकास समितिको जग्गामा भएको अतिक्रमण हटाउन सुरु गरेको छ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गर्नुभएको छ।
रातको समयमा बटुवालाई दुर्व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले छाउगोठविरुद्ध जनचेतना जगाउन व्यापक अभियान चलाउन सरकारसँग माग गर्नुभएको छ।
सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयहरुमा मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपदमा परेकाहरुको तत्काल उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखेको जनाएको छ ।
राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा विशेष समयमा अहिले सांसदहरुले विभिन्न जनसरोकारका विषय राखिरहनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो ।