जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज (सोमबार)देखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव ३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक लिका अगुवाइमा छ वाणिज्य बैंकले रु नौ अर्ब १२ करोड लगानी गर्ने भएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्नुका साथै मौलिक सिर्जना एवं अनुवादको काम गर्ने सर्वोच्च निकायका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठान रहेको बताउनुभएको छ । मन्त्री तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवर्धन र विकासमा सरकार सचेत र प्रतिबद्ध रहेको बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको छ । उहाँले कृषि मन्त्रालयले माग गरेको ९७ करोड रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनेबित्तिकै त्यो वितरण हुने बताउनुभयो । आइतबार नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१:२०१५ को लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सम्पादक समाज नेपालको अध्यक्षमा पुरु रिसाल सर्वसम्मत चयन हुनुभएको छ । समाजको साधारण सभाबाट उपाध्यक्षद्वयमा जुनारबाबु बस्नेत र नारायण उपाध्याय निर्विरोध चयन हुनुभएको जनाइएको छ । समाजको महासचिवमा श्याम डोटेल, सचिवमा राजु बस्नेत र कोषाध्यक्षमा ठाकुरप्रसाद दुलाल (माधव) निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यमा रामचन्द्र तिवारी, माधव पौडेल, विष्णुप्रसाद नेपाल, राधा चालिसे, शरण उत्सुक सापकोटा, शुभेच्छा विन्दु र कवि थापामगर चयन हुनुभएको छ ।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन विवादको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो । सो मुद्दा सोमबारका लागि निरन्तर सुनुवाइमा राखिएको छ । जेठ ३१ गतेदेखि पूर्ण इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।
छ करोड रुपियाँको अभावमा दुई गाउँपालिकाका करिब ५० हजार जनसङ्ख्या बाढी र डुबानको जोखिममा परेका छन् । बाँके जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सातभन्दा बढी गाउँका बासिन्दा बाढी र डुबानको उच्च जोखिमसँगै त्रासमा रहेका हुन् । राप्ती सोनारी गाउँपालिका–७ स्थित खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध एक वर्षअघि बाढीले बगाएको थियो । त्यसको पुनर्निर्माणका लागि माग गरिएको छ करोड रुपियाँको बजेट नपाई पुनर्निर्माण नहुँदा त्रास बढेको हो ।
साविक विजेता इङ्ल्यान्ड आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत ब्रिजटाउनमा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हरायो । सुपर आठको समूह ‘बी’ मा रहेको इङ्ल्यान्डको तीन खेलबाट चार अङ्क बनाएको छ । इङ्ल्यान्डले दुई खेलबाट समान चार अङ्क बनाएको दक्षिण अफ्रिका र दुई अङ्क बनाएको वेस्ट इन्डिजलाई रनरेटमा पछि पारेर शीर्षस्थानमा रहेको छ ।
दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि अनुमानित दुई अर्व ४२ करोड ७७ लाख बढी रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरेको छ ।
भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताउनुभएको थियो ।
कास्कीको रुपा गाउँपालिकाले चालु आर्थिक वर्षभन्दा करिब नौ करोड घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ। आइतबार भएको १५ औँ गाउँसभामा उपाध्यक्ष लालसुवा गुरुङले ४६ करोड ७६ लाख ८२ हजारको बजेट पेश गर्नुभएको हो।
कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षको आयव्यायको विवरण सार्वजनिक गरेका हुन्।
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ। विगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षीया हस्ता शर्माको भेरी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो।