• ३० वैशाख २०८३, बुधबार

सम्पादक समाजको अध्यक्षमा रिसाल

blog

काठमाडौँ, असार १० गते । सम्पादक समाज नेपालको अध्यक्षमा पुरु रिसाल सर्वसम्मत चयन हुनुभएको छ । समाजको साधारण सभाबाट उपाध्यक्षद्वयमा जुनारबाबु बस्नेत र नारायण उपाध्याय निर्विरोध चयन हुनुभएको जनाइएको छ । समाजको महासचिवमा श्याम डोटेल, सचिवमा राजु बस्नेत र कोषाध्यक्षमा ठाकुरप्रसाद दुलाल (माधव) निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यमा रामचन्द्र तिवारी, माधव पौडेल, विष्णुप्रसाद नेपाल, राधा चालिसे, शरण उत्सुक सापकोटा, शुभेच्छा विन्दु र कवि थापामगर चयन हुनुभएको छ ।