दूध उत्पादन भन्ने बित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।
दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरीले बाँकेमा गत एक महिनामा मात्रै एक हजार ७१३ सवारी साधनलाई कारबाही गरेको छ ।
जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको छ ।
मकवानपुरको विकट कैलाश गाउँपालिकामा एक वर्षको अवधिमा ८२ जना कुपोषित फेला परेका छन् ।
झापाको कनकाई नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कनकाई नगरपालिका क्षेत्रमा गाँजा खेतीको प्रवर्द्धन र विस्तार गर्ने नीति प्रस्तुत गरेको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने, विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूचि छ ।
कतारमा आइतबार स्मार्ट सिटी समाधान परियोजनाको पहिलाे चरणको काम सुरू गरिएको छ । नगरपालिका मन्त्री अब्दुल्लाह बिन हमाद बिन अब्दुल्लाह अल अतियाहले आइतबार परियोजनाको उद्घाटन गर्नुभएको हो ।
चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय बालचलचित्र महोत्सव–२०८१ सम्पन्न भएको छ ।
नेपाली कांग्रेस कनकाई नगर समितिको समन्वय एवम् सहजीकरण समितिले कनकाई नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड लागेको छ ।
मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो ।
डेढ दशकअघि मार्ग खुलेको कच्ची सडक कालोपत्रे भएपछि माझफाँटवासी खुसी भएका छन् ।
नौबहिनी गाउँपालिका–४ सुत्लावाङमा आइतबार राती भएको जिप दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।
सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।
गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अवस्था जाँच गर्दा ती बालबालिकामा कुपोषण देखिएको थियो । उनीहरुलाई पोषणयुक्त आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।