नेकपा (माओवादी केन्द्र) की सांसद गङ्गाकुमारी वेल्वासेले मुलुकमा नीतिगत भ्रष्टाचारको अन्त्य नभएसम्म भ्रष्टाचारमुक्त देश बन्न नसक्ने बताउनुभएको छ । उहाँले यसका लागि जनचेतना जगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सरकारले सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा २१ निर्णय सार्वजनिक गर्नुभएको हो ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको आर्थिक सहयोग एवम् सञ्चारीका समूह नेपाल गण्डकी प्रदेशले डिजिटल साक्षरता अभियान सञ्चालन गरेको छ ।
‘समग्र विकास समृद्ध नगर’ को अवधारणासहित बर्दिबास नगर सभाले आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम ध्वनि मतले पारित गरेको छ।
यस वर्षको मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरीको टोली स्रोत साधनसहित देशभर तयारी अवस्थामा छन् । सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयमा बाढीपहिरो, डुबान एवम् विपदमा परेका बेला तत्कालै उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयार पारी परिचालन गरिएको जानकारी दिएको छ ।
भजनीका नगरप्रमुख केवल चौधरीले वन डिभिजन कार्यालयले स्थानीय तहसँग समन्वय नगरी सो नगरका वडा १ र ९ मा बसिरहेका बाढीपीडितलाई हटाएकोमा आपत्ति जनाउन भएको छ ।
तनहुँ र लमजुङका कृषकले धान तथा मकै खेतीका लागि रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीन दशमलव २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि दुई अर्ब सात करोड ४९ लाख ६८ हजार रुपियाँ बजेट ल्याएको छ ।
अभिनेता राजेश हमालले राष्ट्रिय समाचार समिति (रासस)ले सधैँ सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आएको बताउनुभएको छ ।
मोरङको ग्रामीण क्षेत्रका पालिकाहरूले कृषि र सडकलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । सोमबार पथरीशनिश्चरे नगरपालिकाका प्रवक्ता नवीन कार्कीले ८५ करोड ४१ लाख ८ हजार रुपियाँको बजेट नगर सभामा प्रस्तुत गर्नुभएको हो ।
शिक्षा मन्त्रालयको निर्देशनअनुसार इलाममा एक हजार एकसय शिक्षकले आफूहरु कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको भन्दै जिल्लास्थित शिक्षा विकास तथा समन्वय शाखामा निवेदन बुझाएका छन् ।
पार्वती गौतम शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँको एउटा खुट्टाले काम गर्दैन । ४३ वर्षीया गौतमले जीवनमा धेरै सङ्घर्ष र दुःख गर्नुभयो । पार्वती अहिले सफल उद्यमी हुनुहुन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ मा व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ७७ करोड २१ लाख १२ हजार रुपियाँको बजेट ल्याएको छ ।
नवलपुरको मध्यबिन्दु नगरपालिका नारायणी नदीमा नुहाउन गएका वृद्धलाई गोहीले आक्रमण गर्दा मृत्यु भएको छ ।