मोरङको ग्रामीण क्षेत्रका पालिकाहरूले कृषि र सडकलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।
बाजुराका अधिकांश ठाउँमा लामो समयसम्म परेको खडेरीका कारण धमाधम धानको बिउ (बेर्ना) सुक्न थालेका छन् ।
गुल्मीदबार गाउँ पालिकाले झण्डै ४६ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४५ करोड ९३ लाख आठ हजार बजेट गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेगाले प्रस्तुत गर्नु भएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
कैलाली भजनी नगरपालिकाको वडा नम्बर १ र ९ मा बाढीपीडितका नाममा १८ वर्षदेखि बस्दै आएका झण्डै पाँच सय घर/टहरा सोमबार भत्काइएको छ ।
दक्षिणी रुसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार जानकारी गराएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताउनुभएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । नगर सभाको १६ औँ अधिवेशनमा नगर प्रमुख इश्तियाक अहमद खाँले नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले बजेट सार्वजनिक गर्नुभएको हो ।
जिल्लाका चार वटा गाउँपालिकाका छनौटमा परेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । ती विद्यार्थीहरूलाई एक वर्षका लागि पुग्ने पोसाक तथा शैक्षिक सामग्री निःशुल्क सहयोग गरिएको हो ।
मकवानपुरको हेटौँडा–११, राप्तीखोलामा डुबेको अवस्थामा एक जना वृद्ध मृत फेला परेका छन् ।
ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्द्यवासिनी कंशाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विगत छ महिनामा सबैभन्दा बढी डेंगु सङ्क्रमण बागमती प्रदेशमा भएको छ ।
सांसद मनिष झाले सङ्घीय संसद् सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।