• ३० वैशाख २०८३, बुधबार

वृद्ध मृत फेला

blog

अनिल पराजुली
हेटौँडा, असार १० गते ।
 मकवानपुरको हेटौँडा–११, राप्तीखोलामा डुबेको अवस्थामा एक जना वृद्ध मृत फेला परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मृत फेला पर्नेमा हेटौँडा–११, सिमलटारका ८० वर्षीय खड्ग बहादुर राई हुनुहुन्छ । राई पानीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ । 

मुचुल्का पश्चात् शव राईका छोराले बुझेर लगेको प्रहरीले जनाएको छ ।