विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ को लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपियाँको वार्षिक अनुमान नगरसभामा प्रस्तुत गरेको छ ।
सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनीरुपमा कुवेतलगायतका देशमा पुर्याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सरकारको नेतृत्व गर्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्को पहिलो बैठकको पहिलो सत्रमा प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको योजना प्रस्तुत गर्नुहुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा पर्यावरणलाई विशेष जोड दिएको छ ।
भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपना जस्तै लाग्छ ।
नेकपा (एमाले) का सांसद सम्झना थपलियाले सिरहालगायतका तराई/मधेशका जिल्लाहरूमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमिकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
भूसंरक्षणसँगै पशुपालनमा जोड दिने उद्देश्यले यस वर्ष चार जिल्लाका किसानलाई डालेघाँसका ६४ हजार बिरुवा वितरण गरिएको छ ।
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको वर्तमान सरकार सञ्चारमैत्री रहेको बताउनुभएको छ ।
पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको बजेट गत तीन वर्षदेखि घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालगन्जको बजेट दुई अर्ब चार करोड ९८ लाख पारित गरिएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित गरिएको थियो ।
म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न सकिने केन्द्र स्थापना गरेको हो ।
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि साढे छ अर्ब रुपियाँको अनुमानित आयव्यय बजेट सार्वजनिक गरेको छ ।
दूध उत्पादन भन्ने बित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।