डोटी बडिकेदार गाउँपालिका-५ की २० वर्षीया निरुता थापाले कृत्रिम खुट्टा पाउनुभएको छ । केही वर्ष पहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उहाँको देब्रे खुट्टा भाँचिएको थियो ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५० करोड ५४ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट ७८ हजार ११७ सेवाग्राहीले सेवा पाएका छन् । हरेक महिना उपमहानगरले महिनाको एक दिन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने एक जोडीलाई एक लाख नगदसहित सम्मान गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी, समाज र देशका लागि योगदान गरेका पुराना नेता, कार्यकर्ताको इतिहास खोजी गरिने बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी सङ्गठनले छैटौँ राष्ट्रिय सम्मेलनको अवसरमा ९९ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन गरेको छ । सम्मेलनबाट अध्यक्षमा कृष्णराज के.सी. निर्विरोध चयन हुनुभएको हो ।
राष्ट्रिय सभाको आजको बैठकमा ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पेस गरिएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक पेस गर्नुभएको हो ।
आदिवासी जनजातिको पहिचान बचाउन मातृभाषाको संरक्षणमा अगुवाहरूले सुझाव दिनुभएको छ । मातृभाषा पत्रकारिता मार्फत मातृभाषा संरक्षणमा योगदान दिन अगुवाहरूको माग छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ ।
श्रीलङ्काको पशु उत्पादन तथा स्वास्थ्य विभाग (डीएपीएच) का अधिकारीले बर्डफ्लुको सङ्क्रमण देखिएका देशबाट जनावर तथा पशुजन्य उत्पादनको आयात रोक्न कदम चालेको बताउनुभएको छ ।
बर्दिबास नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि एएवम् अर्ब १२ करोड बजेट सार्वजनिक गरेको छ । बर्दिबासमा सोमबार आयोजित १४ औँ नगर सभामा उपप्रमुख तारादेवी महतोले एक अर्ब १२ करोड ९५ लाख रुपियाँका अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
दाङको लमही नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि जम्मा ८४ करोड ५१ लाख २४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर सभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।
कैलालीको घोडाघोडी नगरपालिकाको १९औँ नगर सभा तथा बजेट अधिवेशन सोमबारबाट सुरु भएको छ । सभामा आर्थिक वर्ष २०८१/०८२को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई cवितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गत आर्थिक वर्षमा स्थापना भएको ‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत किसानलाई भैँसी वितरण गरिएको हो ।
भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ । पन्ध्रौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले एक घर दुई रुखको नीति कडाइका साथ कार्यान्वयन गर्ने नीति महानगरले लिएको हो ।