• १४ असार २०८१, शुक्रबार

नेपाल बुद्धिजीवी सङ्गठनको ९९ सदस्यीय केन्द्रीय समिति चयन

blog

काठमाडौं, असार १० गते । नेपाल बुद्धिजीवी सङ्गठनले छैटौँ राष्ट्रिय सम्मेलनको अवसरमा ९९ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन गरेको छ । सम्मेलनबाट अध्यक्षमा कृष्णराज केसी निर्विरोध चयन हुनुभएको हो । 

यसैगरि, वरिष्ठ उपाध्यक्षमा नीलकण्ठ तिवारी, उपाध्यक्षहरूमा प्रा. डा. शिवकुमार राई, रामकुमार यादव, कल्पना शर्मा, कौशिल्या ओझा, जीतबहादुर राना, दुर्गादत्त शर्मा, रमेश गुरागाईँ, कृष्ण कोपिला पदाधिकारी निर्विरोध चयन हुनुभएको छ । 

यस्तै, महासचिवमा लक्ष्मीप्रसाद पण्डित, सचिवहरूमा जङ्गराज गिरि, दुर्गादत्त भण्डारी, एकनारायण काफ्ले, हरिहर न्यौपाने, कूलशेखर शर्मा, राधिका ओझा, भरत गौतम तथा कोषाध्यक्षमा भिमा ढुङ्गाना चयन हुनुभएको हो ।

सम्मेलनको उद्घाटन "आर्थिक, सामाजिक रुपान्तरणका निम्ति बौद्धिक अभियान, समाजवादी आधार निर्माणमा प्रतिबद्ध छैटौँ राष्ट्रिय सम्मेलन" भन्ने मूल नाराका साथ नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलन प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड’ ले गर्नुभएको थियो ।

यस्तै, पार्टीका महासचिव देवप्रसाद गुरुङले नवनिर्वाचित सम्पूर्ण समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू, सम्पूर्ण बुद्धिजीवी प्रतिनिधि कमरेडहरू तथा ३ वटा आयोगका प्रमुखहरूलाई प्रशिक्षणमूलक मन्तव्यसहित बधाई शुभकामना प्रदान गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्रका पार्टी सचिव दिनानाथ शर्मा, सङ्गठनका फ्राक्सन इन्चार्ज खिमलाल देवकोटा, सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनबाट निर्वाचित पूर्व अध्यक्ष एवम् राष्ट्रिय सभाका सदस्य सुरेश आलेमगर, पूर्व अध्यक्ष नरेश भण्डारी, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कूलचन्द्र आचार्यले सम्मेलनको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । 

यसैगरि, सम्मेलनको दोस्रो दिन पार्टीका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख  जनार्दन शर्मा (प्रभाकर) ले बुद्धिजीवीको दायित्व र भूमिकाबारे निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । 

सम्मेलनमा अध्यक्ष मण्डलका अध्यक्ष नरेश भण्डारी, केन्द्रीय निर्वाचन आयोगका सदस्य वरिष्ठ अधिवक्ता वासुदेव सिग्देल, सङ्गठनका निर्वाचन आयोगका प्रमुख वरिष्ठ अधिवक्ता उपेन्द्र पौडेल सहितको समितिले कार्यसमिति चयनको निर्वाचन प्रक्रिया पूरा गरेको छ ।

आइतबार भएको घोषणा सभामा पार्टीका महासचिव देवप्रसाद गुरुङले नव-निर्वाचित सम्पूर्ण समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू, सम्पूर्ण बुद्धिजीवी प्रतिनिधिहरू तथा तीन वटा आयोगका प्रमुखहरूलाई प्रशिक्षणमूलक मन्तव्य सहित बधाई दिनुभएको हो । यस्तै, नव-निर्वाचित अध्यक्ष कृष्णराज के.सी ले समितिको तर्फबाट आफ्ना बौद्धिक कार्यभारप्रति प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष कृष्णराज केसीले समितिकोतर्फबाट आफ्ना बौद्धिक कार्यभारप्रति प्रतिबद्धता जाहेर गर्दै सम्मेलनको समापन गर्नुभयाे ।