मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भन्ज्याङ ‘थोराङ्ला पास’ आवतजावत गर्ने एक मात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसके पनि यस मार्गमा रहेका खोलाखोल्सी पार गर्न काठेपुलकै भर पर्नु परेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ । यसै समस्यालाई ध्यानमा राखी डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले चामे–४ स्थित घट्टेखोलामा दुई वटा काठेपुल निर्माण गरेको छ । जीर्ण भएका दुई वटै काठेपुललाई हटाई नयाँ काठेपुल बनाइएको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले बताउनुभयो ।
लुम्बिनी प्रदेशमा सत्तापक्षले आफ्नो अनुकूलको बजेट बनाएको भन्दै शुक्रबार अवरुद्ध गरिएको प्रदेश सभाको बैठक आइतबार सञ्चालन भयो । जनतामैत्री र सङ्घीयताविरोधी बजेट आएको भन्दै शुक्रबारको प्रदेश सभा बैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्यसमेत रहेको संसदीय समिति बनाउने सहमतिपछि आइतबार सदन चलेको हो । सदनमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशमा रहेका मुख्य दलका नेताहरूबिच सहमति भएको जानकारी गराउनुभयो ।
धनुषाको मिथिला नगरपालिका–११, तल्लो तुलसीस्थित सुन्दरी र मोतीखोला सामुदायिक वन क्षेत्र पुनः हराभरा भएका छन् । वन कर्मचारी र वन उपभोक्ता समूहका पदाधिकारी वन संरक्षणमा सक्रिय भएपछि ती वन पुनः हराभरा भएका हुन् । विगत १८ वर्षदेखि वन उपभोक्ता समिति निष्क्रिय हुँदा वन क्षेत्रको जग्गा अतिक्रमण र काठ चोरी तस्करी बढेर वन क्षेत्र उजाड जस्तै बनेको थियो । एक वर्षअघि मोहन सापकोटाको अध्यक्षतामा सुन्दरी सामुदायिक वन र खड्कबहादुर विश्वकर्माको अध्यक्षतामा मोतीखोला सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिका पदाधिकारी र वन कर्मचारी मिलेर वन अतिक्रमण खाली गराउने, काठ चोरी तस्करी रोक्न गस्ती गर्ने र खाली जग्गामा वृक्षरोपण गरेर वन क्षेत्र पुनः हराभरा बनाएका छन् ।
धनकुटाको सात स्थानीय तहमध्ये एक छथरजोरपाटी गाउँपालिकामा करिब १८ हजार जनसङ्ख्या छ । यो पालिकामा छत्र सुब्बा पालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानीसहित बसाइँसराइ रोक्नु र पूर्वाधार निर्माण गर्नु यहाँको मुख्य चुनौती हो । यो पालिकाको मुख्य आधार कृषि हो । सीमित स्रोत साध
फिदिम–१० र फालेलुङ–८ का उपभोक्ताले खानेपानी माग्दै आन्दोलन गरेका छन् । उनीहरूले सडकमा रित्तो गाग्री र प्लेकार्ड राखेर आन्दोलन थालेका हुन् । त्यहाँका उपभोक्ताले फालेलुङ–७ सिदिनस्थित प्युरेखोला मुहान भएर फिदिम–१० र फालेलुङ–८ का नागरिकलाई पानी वितरण गर्न लागिए पनि काम सक्ने बेलामा मुहान क्षेत्रका नागरिकले अवरोध गरेको भन्दै आइतबार आकासेभन्ज्याङमा रित्ता गाग्री र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् । आन्दोलनमा करिब दुई सय नागरिक सहभागी थिए । उनीहरूको आन्दोलनका कारण फिदिमबाट फालेलुङतर्फ र फालेलुङबाट फिदिमतर्फ आउने सबै खालका सवारीसाधन आवागमन ठप्प भएका छन् ।
दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ मा सन्तान वृद्धिको कार्यक्रम अगाडि सारेको छ । आइतबार नगरका गाउँबस्ती पातलिँदै गएको भन्दै पाँचौँ नगर सभामा उपप्रमुख कमला बस्नेतले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षदेखि ‘तेस्रोदेखिको सन्तान, भीमेश्वरको वरदान’ उज्यालो भविष्य कार्यक्रम ल्याउने बताउनुभयो । जन्मदर घट्दै गएका कारण भर्ना दर घटेर सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको तथा गाउँबस्तीमा समेत मानिसको सङ्ख्या पातलो हुँदै गएका कारण यस्तो कार्यक्रम ल्याउन लागिएको उपप्रमुख बस्नेतले बताउनुभयो ।
विश्वमा बढ्दै गएको तापमान वृद्धि न्यूनीकरणमा अनेक सम्मेलन भई अभिसन्धिहरू पारित गरिए । औद्योगिक राष्ट्रहरूबाट भइरहेको अधिक कार्बन उत्सर्जन कटौती गर्न वैश्विक परिवेशमै बढिरहेको दबाब अनुरूप जैविक इन्धनको प्रयोगलाई क्रमशः कम गर्दै नवीकरणीय ऊर्जा प्रवर्धन गर्न सहमति भएका छन् । यसै अनुरूप नै विद्युतीय, सौर्य एवं हरित हाइड्रोजन जस्ता धुवाँरहित इन्धनयुक्त सवारीसाधनको प्रयोगमा जोड दिन थालिएको छ । विद्युतीय सवारी सञ्चालनका क्रममा नेपालमा प
जतिबेला देशको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई संशोधन गर्दै ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने तयारी चलिरहेको थियो, नेपालको राजनीति त्यही विन्दुबाट चुनौतीको नयाँ अध्यायमा प्रवेश ग¥यो । प्रकारान्तरमा असंवैधानिक तवरले संसद्को विघटनमार्फत त्यस्तो दुराकाङ्क्षा पूर्ति गर्ने अभ्यास गरियो । देशको राजनीतिक क्षितिजमा बितेको चार वर्षयता
अहिले मौसमी विपत् आइपर्ने समय हो । तापक्रम वृद्धिले तराई क्षेत्रमा तातो हावा चल्छ भने पहाडी क्षेत्रमा बाढीपहिरो जान्छ । हावाहुरी तथा आँधी आउनुका साथै चट्याङ पनि यही बेला पर्छ । विपत् व्यवस्थापन प्राधिकरणका अनुसार सबभन्दा बढी कोशी प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा चट्याङका कारण मानिसको ज्यान गएको । विशेष गरी हिउँदे वर्षा र पूर्वमनसुनको समयमा चट्याङले क्षति पु¥याउँछ । चट्याङको कारण एकै पटक धेरै मानिसको मृत्यु हुँदैन । यसबाट हुने क्षति जङ्गल नजिक तथा ग्रामीण क्षेत्रमा हुन्छ । तत्काल त्यसको तथ्याङ्क र घटनाको विवरणसमेत आउँदैन । त्यसैले यसको चर्चा अरू प्राकृतिक विपत्तिको तुलनामा कम हुने गरेको छ ।
वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गरेका हुन् ।
विश्व इतिहासमा पत्रकारिताको जग बसाल्ने काम छापा पत्रकारिताले गरेको पाइन्छ । यही जगमा टेकेर क्रमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताले नयाँ प्रविधिमार्फत विकासको गति लिइरहेको छ । पत्रकारिताको प्रणेता स्वयम् छापा पत्रकारिता भने दिनानुदिन ओझेलमा पर्दै गइरहेको प्रतीत हुन्छ । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने अहिले छापा पत्रकारिताको प्रभाव निकै घटिसकेको छ । नेपाली पत्रकारिता जगत्मा यो सबभन्दा बढी समस्याले ग्रस्त क्षेत्र हो । यसको प्रमुख कारकमा सामग्री उत्पादन, छपाइ र वितरणमा देखिएका चुनौती नै मुख्य हुन् । कुनै एउटा अखबार तयार गर्न जति कठिन छ, त्यति नै कठिनाइ पत्रिका प्रकाशनपश्चात् पाठकसम्म पु¥याउनमा पनि छ ।
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ११ स्थित पर्यटकीय तुर्लुङकोट दुरागाउँ । यहाँ घरबास सञ्चालनमा रहेको छ ।
हिमालपारिको जिल्ला मनाङको सदरमुकाम चामेबजार । चामे हुँदै अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा गर्न सकिन्छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनुभएको छ ।
झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ ।