राष्ट्रिय योजना आयोगले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । आज आयोगका सदस्य डा.रामकुमार फुयाँलको नेतृत्वमा अनुगमन टोलीले आयोजनाको प्रगति, समस्यालगायतका विषयमा जानकारी लिएको हो ।
चीनको सिचुवान प्रान्त र नेपालबिच बहुआयामिक क्षेत्रमा सहकार्य तथा समन्वय गर्न सकिने बताइएको छ । सिचुवान–नेपाल प्राविधिक सहयोग प्रवर्धन गोष्ठीमा आइतबार बोल्ने वक्ताहरूले सो धारणा व्यक्त गर्नुभएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको तयारी भइरहेको बताउनुभएको छ ।
कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता शेरधन राईले राष्ट्रिय समाचार समिति (रासस) मा जारी तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको छ ।
तीन दशकभन्दा बढी प्राध्यापक सेवामा संलग्न राजनीति शास्त्री एवं प्राध्यापक कृष्ण पोखरेलद्वारा लिखित ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक भएको छ।
हिमाली जिल्ला मनाङमा विपद् प्रतिकार्यका लागि सहायता कक्ष स्थापना गरिएको छ । जोखिमयुक्त जिल्लासमेत मानिने मनाङको विपद् प्रतिकार्य गर्न पाँच वटा सहायता कक्ष स्थापना गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहनुभएका सचिव लीलादेवी गतडौला निमित्त मुख्य सचिवको जिम्मेवारी पाउनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि पाएको बजेटको ठुलो अंश अनिवार्य दायित्वका लागि छुटाउनु परेकाले सुधारात्मक नयाँ योजना तथा कार्यक्रमका लागि धेरै बजेट विनियोजन नभएको बताउनुभएको छ ।
कानुनतः असार १० गते सबै पालिकाहरूले प्रत्येक आर्थिक वर्षमा सञ्चालन गर्ने योजना तथा कार्यक्रमको नीति कार्यक्रम र बजेट ल्याइसक्नु पर्छ । इलामका दुई पालिका असार १० अगावै नीति कार्यक्रम तथा बजेट पारित गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण प्रवर्द्धन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा नेपाल प्रज्ञा-प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि एक अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरेको छ ।
धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले विद्यार्थीहरूको सिकाइमा सुधारको लागि सहयोग गर्न विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूलाई आह्वान गरेका छन्।
नेपाली कांग्रेसका नेता एवम् पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा.मीनेन्द्र रिजालले विकासको बहस काम गरेर मात्रै पूरा हुने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव लेखराज भट्टले राष्ट्रिय समाचार समिति (रासस)मा जारी तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको छ ।
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दगुबाङ गाउँमा जङ्गली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ। एकै परिवारका अन्य चार जना गम्भीर बिरामी भएका छन्।