तनहुँमा जङ्गली च्याउ खाएर बिरामी एक वृद्धको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिकामा वडा नं। ६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।
बैतडीको शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको शव फेला परेको छ ।
सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।
कैलालीमा ट्याक्टर दुर्घटनामा गम्भीर घाइते चालकको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।
गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो । घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो ।
भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. हर्क गुरुङ जन्मेको गाउँमा उद्यान निर्माण गर्न रु १५ लाख प्रदान गरेको छ ।
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि सञ्जीवकुमार शर्मालाई महावाणिज्यदूत नियुक्त गरेको छ । शुक्रवार बसेको मन्त्री परिषद्को बैठकले शर्मा नियुक्त गर्ने निर्णय गरेको हो ।
इजरायली सेनाले वेस्ट बैङ्कको कलकिलिया सहरमा दुई प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतले बताएको छ ।
सुनकोशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खोटाङपट्टिको पिल्लर बाङ्गिएपछि पुल निर्माणको काम थप प्रभावित भएको छ । खोटाङको वराहपोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्ने धाप्लाङस्थित पुलको पिल्लर नदीतर्फ ढल्किएको हो ।
मोरङको पथरी शनिश्चरे–१० को भुटानी शरणार्थी शिविरबाट दक्षिणतर्फ शनिश्चरे बजार गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ । २०८० साल गत भदौ मसान्तमा कालोपत्रे गरिसक्नुपर्ने सडक तोकिएको मिति गुज्रिएर १० महिना बितिसक्दा पनि ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्वपश्चिम राजमार्गलाई विराटनगर–रङ्गेली–आमबारी हुँदै झापाको भद्रपुरसँग जोड्ने हुलाकी सडकसँग जोड्ने यो सडक २०७६ साल कात्तिकमा ठेक्का लागेको थियो । सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरीले एक अर्ब ५५ करोड ७३ लाख रुपियाँमा कान्छाराम
लामो समयको खडेरीले जनजीवन प्रभावित भएको छ । दिउँसोको चर्को घाम र तातो हावाका कारण पानीको स्रोत सुकेपछि पिउने पानीदेखि धान लगाउन तयार पारिएको बिउ हुर्काउन समेत समस्या भएको छ । दाङको राप्ती नदीको पानी लाग्ने राप्ती गाउँपालिकाबाहेकका स्थानमा रोपाइँ सुरु नै भएको छैन । अन्यत्र धानको बिउ राखे पनि सिँचाइ गर्न नसक्दा समस्या भएको छ । लामो खडेरीले पानीका मुहान सुकेसँगै धान लगाउने किसानले खेती गर्न पाएका छैनन् । धानको ब्याड हुर्काउन समेत पानीकै अभावमा समस्या भएको किसानको गुनासो छ । लमही नगरपालिका–६ का किसान दोलबहादुर चौधरीले कुलोमा पानी नहुँदा खानेपानीको धाराबाट सामान्य छम्केर ब्याड हुर्काउने अवस्था रहेको बताउनुभयो ।
मधेश प्रदेश सभाले प्रदेश बालिका संरक्षणसम्बन्धी विधेयक सर्वसम्मतिबाट पारित गरेको छ । सभाको तेस्रो अधिवेशनको शनिबार बसेको १४ औँ बैठकले बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो । यस्तो विधेयक मुलुकमै पहिलो भएको दाबी गरिएको छ । सभाको बैठकमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले सो विधेयकसम्बन्धी समितिको प्रतिवेदनसहितको विधेयकउपर छलफलको प्रस्ताव पेस गर्नुभएको थियो । छलफलमा विधेयकउपर उठेका प्रश्नको जवाफ मन्त्रीले दिएपछि ध्वनि मतमार्फत सर्वसम्मत रूपमा विधेयक पारित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनुभएको थियो ।
यातायातका साधनका लागि इन्धनको मूल्य घटेको भए पनि भाडा नघटेको पाइएको छ । नियमनकारी निकायबाट भाडाको पुनरावलोकन नहुनु र यातायात व्यवसायीले आफू खुसी भाडा तोक्ने गरेको कारण भाडा घट्न नसकेको हो ।
मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री त्रिभुवन साहले रुखका बिरुवा हुर्काउनेलाई पुरस्कार प्रदान गरिने बताउनुभएको छ । शनिबार धनुषाको ढल्केबरमा वन निर्देशनालय मधेश प्रदेशद्वारा आयोजित सामुदायिक वनसम्बन्धी कार्यशाला गोष्ठीमा उहाँले सार्वजनिक स्थानमा पाँच वर्षसम्म बिरुवा हुर्काउनेलाई एक बिरुवाबापत एक सय रुपियाँ पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । हरियाली प्रवर्धन गर्न असार १५ गते महावृक्षरोपण अभियानको शुभारम्भ गर्न लागिएको बताउँदै मन्त्री साहले उचित संरक्षणको अभावमा रोपिएका बिरुवा सुकेर खेर जाने जस्ता समस्या देखिएकाले बिरुवा संरक्षण गर्नेलाई पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिरुवा रोप्नु मात्र ठुलो कुरो होइन, संरक्षण गर्नु ठुलो हो ।”