राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार गरेको छ । उक्त तालिका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेदेखि सञ्चालन हुनेछ ।
नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थिरता नहुँदा वैदेशिक लगानी नेपालमा गर्न नसकिएको बताएको छ । जनसम्पर्क समितिका अध्यक्ष महेश दाहालले आफू नेपालमा लगानी गर्न तयार रहे पनि नेपालमा पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताउनु भयो। शनिबार लण्डनमा आयोजित कार्यक्रममा उहाँले प्रवासी नेपालीले मात्र नभई आफूहरूले विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको अस्थिर राजनीतिका कारण लगानी गर्न उनीहरू डराएको उल्लेख गर्नुभयो । '‘प्रोजेक्टको स्वीकृति लिँदा एक, प्रोजेक्ट कार्यान्वयनमा जाँदा अर्को र उत्पादन गर्दा फरक नीति बन्ने हुँदा विदेशीहरू लगानी गर्न तयार देखिएनन्। '’ दाहालको गुनासो छ ।
हेलिकोप्टरको व्यावसायिक उडान भक्तपुरको नलिञ्चोकबाट सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको कामले गति लिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थलको पूर्वतर्फ रहेको क्षेत्रमा जहाज राख्ने ह्याङ्गर क्षेत्र विस्तारको कामले गति लिने भएको हो ।
तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ । वीरताको प्रतीकका रूपमा रूपन्देहीको जितगढी किल्ला परिचित छ । नयाँ स्वरूपमा यसको विकास भइरहेको छ । इस्ट इन्डिया कम्पनीसँग विसं १८७१ देखि १८७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरेका थिए । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहाससँग जोडिएको यो किल्ला हेर्नलायक बनेको छ । बुटवल वडा नं. १ मा रहेको यो स्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो गन्तव्य बन्दै छ ।
सुपर आठअन्तर्गत एन्टीगुवास्थित सर भिभिएन रिचार्ड्स स्टेडियममा शनिबार राति भएको खेलमा भारतले बङ्गलादेशलाई ५० रनले हरायो ।
बङ्गलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुनाहरू बोकेको एउटा माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मीका ६८ वर्षीय खुमबहादुर सामतको छल्दी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो।
एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा विशेषरुपमा शनिबार परम्परा अनुसार दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौनिकता दर्शाउन दुई रथलाई एक आपसमा जुधाइ जात्रा सम्पन गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले विज्ञान र प्रविधिको क्षेत्रमा विकास भएको सिप र क्षमतालाई सही रुपमा प्रयोग गर्न सके देशको समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध बाढीले बगाएको एक वर्ष पुग्दा पनि पुनःनिर्माण हुन सकेको छैन।
भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा १३ च २२६५ नंको सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन्।
सहकारी संस्थामा आबद्ध अगुवा किसानलाई कृषि सामग्री सहयोग गरिएको छ । व्यावसायिक तरकारी खेतीबाट आम्दानी बढाउन सहयोग गर्न कृषि सामग्री सहयोग गरिएको हो ।
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाको आज अनुगमन गर्नुभएको छ ।