• १४ असार २०८१, शुक्रबार

भक्तपुरमा गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

blog

भक्तपुर, असार ८ गते । भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा १३ च २२६५ नंको सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते बाग्लुङ गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । 

प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ बस्ने ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो । रासस