भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ ।
नेपाल गाउँ नै गाउँले भरिएको र विविध सम्प्रदाय मिलेर बसोबास गरेको देश हो । गाउँका कृषि उत्पादन र घरेलु तथा साना उद्योग हाम्रो जीविकोपार्जनका आधार हुन् । यिनै आधारमा टेकेर हामी जति छिटो गाउँको विकास गर्छौं त्यति नै छिटो हामी आर्थिक र सामाजिक रूपले सवल र आत्मनिर्भर बन्न सक्छौँ । अहिले बोलीमा मात्र विकासले तीव्र्रता पाएको अवस्था छ । व्यवहार त त्यस्तो देखिँदैन । विश्वमै विकाससम्बन्धी धारणा फरक फरक ढङ्गले आइरहेका छन् । गाउँहरू एकदमै दुर्गममा छन् । एक घरदेखि अर्को घरसम्मको दुरी असाध्यै टाढा छ । ती ठाउँमा विकासका सबै पूर्वाधार पु¥याउन नसकिने हुँदा ती गाउँलाई एकै ठाउँमा
गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कक्षा ७ मा कक्षाकोठाभित्र बसेर वाक्य निर्माणका क्रियाकलाप गराइरहेकी थिएँ । विभिन्न किसिमका शब्द दिएर अर्थपूर्ण वाक्य निर्माणको क्रियाकलापमा विद्यार्थी दत्तचित्त भएर लागि परेका थिए । विद्यार्थी आफूले निर्माण गरेका वाक्य सुनाउने र देखाउने होडबाजी गर्दै थिए । पढाइमा त्यति सक्रिय नहुने प्रायः अन्तिम बेन्चको कुनामा बस्न मन पराउने एउटा बाबुलाई उठाएर आफ्नो कापी लिएर अगाडि आउन अनुरोध गरेँ । सेतोपाटीमा लेखिएका शब्दलाई उसले कसरी वाक्यमा प्रयोग गरेको होला ? मलाई जान्ने जिज्ञासा थियो । कापी मागेर उसले बनाएका वाक्य पढ्दै गएँ । एउटा वाक्यमा पुग्दा म टक्क रोकिएँ; उसका आँखामा हेरेँ
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाषा एवं साहित्य, संस्कृति, ललितकला र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार घोषणा गरेको छ । हरेक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा तथा प्रदेश प्रतिभा पुरस्कार २०८० का लागि शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट नाम छनोट गरिएको हो । मन्त्रालयका सहसचिव हेमराज तामाङ हस्ताक्षरित विज्ञप्ति अनुसार भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गण्डकीका वसन्तबहादुर बराकोटीलाई प्रदान गरिने भएको छ । संस्कृतितर्फ केदारप्रसाद पाठक (नुवाकोट), ललितकलामा सन्तकुमार शाक्य (ललितपुर) र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय पुरस्कार माइला लामा (काठमाडौँ) लाई प्रदान गरिने भएको छ ।
चलचित्र ‘सतीदेवी’ को ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीत शनिबार सार्वजनिक गरिएको छ । लक्ष्मण सुवेदी निर्देशित चलचित्रको गीतमा पीडा र वेदनाका भाव प्रस्तुत गरिएको छ । सुवेदीकै शब्द रहेको गीतमा सङ्गीत सुभास भुसालको रहेको छ । गीतका शब्द निर्देशक सुवेदी स्वयम्ले लेख्नुभएको हो ।
पहिचानवादी कविता लेख्नु भनेको कुनै समुदायको मात्रै पक्षधर हुनु होइन, विगतमा दबाइएका आवाजलाई साहित्यमार्फत पुनः उजागर गर्ने कोसिस गर्नु हो । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित ‘पहिचानको प्रश्नमा नेपाली कविता’ विषयक कार्यक्रममा सहभागी वक्ताले सो कुरा बताउनुभएको हो ।
पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर बिदेसिने क्रम बढ्दो छ तर केही युवा भने मेहनत गरे स्वदेशमा नै स्वरोजगार बन्न सकिन्छ, भन्दै कृषिमा लागेका छन् । चितवन कालिकानगर–५ का ३९ वर्षीय निर्मल भट्टराई अहिले केरा खेतीमै स्याहारसुसार गर्दै दिन बिताउनुहुन्छ । नेपाल सरकारको जागिरबाट रिटायर भएपछि उहाँ व्यावसायिक केरा खेतीमा लागेको बताउनुभयो । विगत तीन वर्षदेखि नवलपुरको कावासोती नगरपालिका–१०, रतवलमा व्यावसायिक केरा खेती गर्दै आएका उहाँ सफल व्यवसायी बन्नुभएको छ । अहिले उहाँले व्यावसायिक केरा खेतीबाट नै मनग्गे आम्दानी लिइरहनुभएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
कास्कीको रूपा गाउँपालिकाको आन्तरिक आम्दानीले पदाधिकारीको सुविधा र आर्थिक सहायतालाई मात्र धानेको देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले विभिन्न व्यक्ति, सङ्घ, संस्थालाई ३८ लाख १६ हजार ९५२ आर्थिक सहायता गरेको छ । पालिकाका पदाधिकारीको सुविधामा ७८ लाख ८० हजार रुपियाँ खर्च भएको छ । पालिकाले गरेको आर्थिक सहयोग आन्तरिक आम्दानी एक करोड १९ लाख ३१ हजार ३४ रुपियाँको ३२ प्रतिशत र पदाधिकारीको खर्च ६६ प्रतिशत हो । पालिकाले मापदण्ड र कार्यविधि तयार गरी आर्थिक सहयोग भएको भए पनि त्यसको उपादयेतामाथि महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रश्न उठाएको छ ।
मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ । दैनिक रूपमा वर्षा हुने क्रम जारी रहेको तथा गर्मी बढेकाले हिमाल धेरै पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ । सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट पुगेकोमा हाल बढेर पूर्ण क्षमतामा उत्पादन भएको केन्द्रका प्रमुख पशुपति गौतमले बताउनुभयो । गौतमका अुनसार तीन वटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरूपको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्छ ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका–१, बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्री गर्न सहज बनाएको छ । गाउँपालिकाले किसानको बारीबाट नै ढुवानी अनुदानको व्यवस्था गरेसँगै बाहुनीका कृषकलाई प्याज बिक्रीमा सहज भएको हो । ढुवानी अनुदानको व्यवस्था नहुँदा प्याज बिक्रीमा समस्या हुन्थ्यो । अहिले गाउँपालिकाले बारीबाट ढुवानी अनुदानको व्यवस्था गरिदिएपछि प्याज बिक्रीमा निकै सहज भएको कृषक वीरभाने विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले ढुवानी अनुदान दिएपछि मैले यहाँका किसानले उत्पादन गरेको सबै प्याज खरिद गर्दै जिल्लाभन्दा बाहिर बिक्री गर्ने गरेको छु ।”
देशमा समग्र वस्तुको आयात घटिरहेका बेला खाद्यान्नको आयातमा समेत उल्लेख्य कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ४३ अर्ब रुपियाँ ८० करोड १९ लाख रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, चामल, गहुँ, जौ, कोदो) आयात भएको छ । गत वर्ष सो अवधिमा ५२ अर्ब ६५ करोड ५३ लाख ८१ हजार रुपियाँ बराबरको आयात भएको थियो । स्थानीय उत्पादनमा वृद्धि हुनुका साथै आन्तरिक बजारमा खपत घटेकाले पनि खाद्यान्न आयातमा कमी आएको बताइएको छ ।
विद्युतीय सवारीमा नेपालीको मोह बढ्न थालेको छ । विद्युतीय सवारीको पूर्वाधारसमेत विस्तार हुने क्रम बढ्दै जाँदा यसको व्यापार उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ । बढ्दो आकर्षणका कारण विद्युतीय सवारीको आयात पनि निरन्तर बढिरहेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले पुष्टि गर्छ ।