चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरूले लगभग २० वर्षको कडा परिश्रमको परिणाम हो, जसले गामा–रेहरू क्याप्चर गर्न ब्रह्माण्डको सबैभन्दा टाढाको भागमा आतिशबाजी जस्तै चम्कन्छ ।
मनसुन सुरु भएसँगै प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद्जन्य घटना र अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित सुरक्षाकर्मीले आपत्कालीन विपद् प्रतिकार्यको तयारी थालेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रपुर सरकारी अस्पतालमा एक दिनमा बढीमा १० जनाले मात्रै पाउँछन् ‘एक्स–रे’ सेवा ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १४ मा नेपाली सेनाको गोली प्रहारबाट मृत्यु भएको घटनाको छानबिन र दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ।
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)सँग समन्वय गरेर भोजपुरी भाषामा समाचार ‘बुलेटिन’ प्रकाशन गर्ने घोषणा गरेको छ ।
इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै र मृतकको सङ्ख्या ३४ पुगेको पुष्टि गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाँकेले १० औँ महाधिवेशनका लागि १९ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ।
याङवरक गाउँपालिका-३ ओयामको देवीस्थानकी मिनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष भयो ।
गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले सत्ता समीकरण बदलिने कुनै सम्भावना नरहेको बताउनुभएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ माले डाँडामा नेकपा एमालेका नेता श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रममा महासचिव पोख्रेलले अहिलेको सत्तासमीकरण २०८४ को निर्वाचन पछिसमेत कायम रहने बताउनुभयो।
म्याग्दीमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले डेढ करोड रुपियाँभन्दा बढी लगानीमा पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण गरेको छ ।
सुरुङ खनेर कपिलवस्तु कारागारबाट फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन् । भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया घर भएका स्कुलमिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेका हुन् । कारागारबाट २०६६ साल माघ २ गते स्कुलसहित आठ जना सुरुङ खनेर फरार भएका थिए ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।