• १२ असोज २०८१, शनिबार

धनगढी उपमहानगरपालिकाको बजेट दुई अर्ब १८ करोड

blog

धनगढी उपमहानगरपालिकाको कार्यालय। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार ८ गते। कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ। 

सो उपमहानगरपालिकाको ११ औं नगर सभामा उपप्रमुख कन्दकलाकुमारी रानाले अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो। प्रस्तुत बजेटमा चालुतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार र पुँजीगततर्फ ९८ करोड २६ लाख ८८ हजार रुपियाँ रहेको छ। 

क्षेत्रगत विकास अन्तर्गत आर्थिक विकासतर्फ छ करोड छ लाख ३१ हजार, पूर्वाधार विकासतर्फ ६० करोड ७९ लाख ८६ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ। यस्तै, सुशासन तथा अन्तर सम्बन्धिततर्फ १८ करोड ५२ लाख ३१ हजार, कार्यालय सञ्चालनतर्फ ३१ करोड ६३ लाख सात हजार रुपियाँ बजेट विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ एक अर्ब १५ लाख ७७ हजार रुपियाँ बजेट रहेको छ। 

धनगढी उपमहानगरपालिकाको आन्तरिक आय ३६ करोड ६९ लाख ७६ हजार रुपियाँ रहेको छ। राजस्व बाँडफाँट अन्तर्गतको आय ४८ करोड २९ लाख ५४ हजार, नेपाल सरकारको अन्तर वित्तीय हस्तान्तरण एक अर्ब एक करोड ८७ लाख रुपियाँ रहने जनाइएको छ। 

यसैगरी, प्रदेश सरकारको अन्तर वित्तीय हस्तान्तरण आठ करोड २८ लाख र सरी आएको मौज्दात २३ करोड २७ लाख ४६ हजार रुपियाँ रहने जनाइएको छ।