जिल्लाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिक दाइजोमुक्त अन्तरजातीय विवाह गरेका छन् ।
जिल्ला स्तरीय हक्की प्रतियोगितामा पुरुषमा रानी सैना हक्की क्लब र महिलामा मानसरोवर हक्की क्लब विजयी भएका छन् । फाइनल खेलमा दुवै टिम विजेता भएका हुन् ।
पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा लागिपरेको बताउनुभएको छ । प्रेस सेन्टर कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका-२७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनर्निर्माण सुरु भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको निर्वाचन पद्धतिले कसैको बहुमत नआउने उल्लेख गर्दै त्यसमा परिवर्तन जरुरी भएको औँल्याउनुभएको छ ।
संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बहने अरुण नदीमा जलसतह बढ्नाले सवारी साधन वारपार गर्न चलाइँदै आएको फेरी बन्द भएपछि सतिघाटको झोलुङ्गे पुलबाट सामान ओसार्दै स्थानीय मजदुर ।
पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत दोस्रो नेशनल बैङ्किङ डिस्कोर्स २०२४ मा वक्ताका रूपमा सहभागी हुनुहुने भएको छ ।
गोरखा र तनहुँको सिमानामा पर्ने मुख्य प्रवेशद्वार गोरखा नगरपालिका –१३ को मजुवामा रहेको कलात्मक प्रवेशद्वारले धेरै आन्तरिक तथा वाह्रय पर्यटकको मन जित्न सफल भएको छ ।
जिल्लामा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र प्रहरी परिचालनमा व्यवस्थित गराउनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालनमा ल्याइएको छ ।
जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रूपमा परिचित बिर्तामोड नगरपालिकाले छ वर्षका अवधिमा सडक पूर्वाधारको विभिन्न योजना सम्पन्न गरेको छ ।
स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो ।’’
जन्तेढुङ्गा गाउँपालिकाको पक्की भवन दुई करोड ३९ लाख आठ हजारको लागतमा निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहनुभएको मन्त्री चौधरीले एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।
बाँकेको जानकी गाउँपालिकामा केही समय यता ठुलो सङ्ख्यामा आएका बाँदरका कारण स्थानीयहरू आतङ्कित बनेका छन् ।