• १४ असार २०८१, शुक्रबार

टिपर र स्कुटर ठोक्किएर घाइते भएकी महिलाको मृत्यु

blog

काठमाडौँ, असार ८ गते । काठमाडौँ महानगरपालिका-३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोक्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ । बा ३ क ३०५३ नम्बरको टिपर र बा प्र ०२-०३९ प ९९५२ नम्बरको स्कुटर शुक्रबार एकापसमा ठोक्किँदा स्कुटरमा सवार ललितपुर साना गाउँ बस्ने ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ, दुर्घटनामा घाइते भएका स्कुटर चालकको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।” टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको उहाँले बताउनुभयो । रासस