• १३ असोज २०८१, आइतबार

गजल

blog

तिम्रा आँखाबाट सधैँ झरेको म मान्छे 

पल पल जिन्दगीमा मरेको म मान्छे ।


आफ्नो मुटु रित्तो पारि दिएको थेँ मैले 

विधाताले सिङ्गै भाग्य हरेको म मान्छे ।


रुखबाट पात झरे सरह नै फाल्यौ 

तिम्रो मनबाट अन्तै सरेको म मान्छे ।


सम्झु बिर्सुं भन्दै आज पर्खनु भो खालि 

अनगिन्ती दोधारमा परेको म मान्छे ।


कुनै दिन आफ्नो ठान्ने सपना त्यो बोकी 

मुटु फोरी दोबाटोमा छरेको म मान्छे ।