उन्नाइसौँ शताब्दीमा युरोप विश्व पुँजीवाद केन्द्र बन्यो । नयाँ नयाँ वैज्ञानिक निष्कर्ष पनि युरोपमै भए । प्राविधिक क्षेत्रमा पनि त्यहीँ नै अग्रणी अवस्था विकसित भयो । दार्शनिक क्षेत्रमा पनि युरोप नै अग्रगन्य देखियो । प्रविधिको क्रान्तिका कारण औद्योगिक क्षेत्रमा इतिहासकै ठुल्ठुला परिवर्तन भए । अनेकौँ क्षेत्रमा ठुला ठुला सहर विकसित भए । ठुल्ठुला कलकारखाना स्थापित भए । औद्योगिक उत्पादनलाई संसारभरि पु¥याउन पानी जहाजहरूको विकास भयो । बजारको खोजी व्यापक रूपमा
मानव सभ्यता आउनुअघि मानिस जङ्गली सभ्यतामा थिए । चेतनशील प्राणी हुनुको अर्थमा मान्छे सभ्य बन्दै गए । जङ्गलमा नाङ्गैभुतुङ्गै बाँच्ने जीवनमा परिवर्तन हुँदै मान्छेले रुखबिरुवाका बोक्रा पातहरूले आफ्नो लाज छोप्न लागे र व्रmमशः कपडाको निर्माण गरी आफ्नो शरीर ढाक्न लागे । अन्ततः सभ्य समाजको बासिन्दा कहलाइन थाले ।
मेरो टिममा प्रिय साथीहरू यहाँहरूलाई थाहै छ, अहिले हामीले निर्वाचन प्रचार गर्न, पार्टीको ¥याली गर्न पाएका छैनौँ । हाम्रा पार्टीका नेता, कार्यकर्तालाई अपहरण गरिएको छ, पक्राउ गरिएको छ । तिनका परिवारका सदस्यलाई समेत हतोत्साही गरिएको छ । हाम्रा सन्देशहरू पाकिस्तानका रेडियो, टिभीबाट पनि प्रतिबन्धित छन् । त्यसैले हामीले यो एआई प्रविधिको प्रयोग गरेर हाम्रा आग्रह र सन्देशहरूलाई यहाँहरू समक्ष ल्याउने प्रयास गरेका हौँ ।’
सय वटा युद्ध जिते पनि मन हा¥यो भने सबै हारियो । सय वटा युद्ध हारे पनि मन जित्यो भने सबै जितियो । हारजित मनमा हुने भएकाले मनलाई जिताइराख्न सत्कर्म गर्नु पर्छ । सत्कर्मबाट मन बलियो हुन्छ । पाप, धर्म, सत्कर्म र कुकर्म सबै मनले नै गर्ने हुन् । जसले संयम अपनाइ आफूलाई जित्न सक्छ, उसले सबै
तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मन पर्ने सेफ) मा उत्कृष्ट पाँच भित्र पर्नु सफल हुनु भएको छ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट पाँचमा शुक्रवार छनोट हुनु भएका थापा अहिले उत्कृष्ट तीन सेफका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।
देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।
शुक्रवार साँझ पोखरा महानगरपालिका वडा नम्बर २२, चिसापानी भन्ने स्थानमा फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ नौ डाँडाका २५ वर्षीय सञ्जय भण्डारीलाई तालबाट उद्धार गरी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले विश्व सङ्गीत दिवसका अवसरमा ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तर्क्रिया गरेको छ । सो अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता–२०८१ को नतिजासमेत सार्वजनिक गरिएको छ । प्रतिनिधि सभा सदस्य पूर्ण घर्तीले सङ्गीतका विषयमा गरिएको अन्तर्क्रियाले विश्व सङ्गीत दिवसको महत्वलाई उजागर गरेको चर्चा गर्दै नेपालमा बसोबास गर्ने जाति र समुदायका आफ्नै किसिमका सङ्गीत र बाजा रहेकोमा तिनको व्यावसायिक
एक महिना हर्षोल्लाससाथ मनाइएको मगर समुदायको भुमे पर्व अर्थात् बलपूजा समापन भएको छ । जेठ १ बाट भुमे पर्व सुरु भएको थियो । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ की सावित्रा मगरका अनुसार हरेक वर्ष विधिपूर्वक लेकबाट बुकीको फूल टिपेर ल्याई बलपूजा सुरु हुने गर्छ । बलपूजासँगै सुरु हुने भुमे नाच कतै हरेक दिन त कतै शनिबारको दिन नाचिन्छ । स्थान अनुसार जेठ मसान्त र असार १ का दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धुमधामसहित नाचगान गर्दै बलि चढाउने गरिन्छ ।
चलचित्र ‘घरज्वाइँ’ को नयाँ गीत बिन्जुरी सार्वजनिक गरिएको छ । गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको सङ्गीत र स्वर रहेको छ । प्रेमिल शैलीको गीतमा अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको प्रेमाभावलाई प्रस्तुत गरिएको छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’ का रूपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल हो ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रवर्धन गर्ने प्रयोजनले एक बहुआयामिक प्रशिक्षण प्रदान गरेको छ ।प्रशिक्षणबाट कर्मचारीको व्यक्तिगत एवं व्यावसायिक विकास हुने र कम्पनीका लागि उपयोगी हुने अपेक्षा कम्पनीले गरेको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थान (डिडिसी) मा काम गर्ने कर्मचारीका कारण डिडिसी घाटामा गएको बताउनुभएको छ । डिडिसीमा अनियमितता छ, बिचौलियाहरू हाबी छन्, हिसाब किताब चुस्त राखिँदैन भन्दै उहाँले व्यवस्थापनकै कारण संस्था घाटामा गएको बताउनुभयो । नेकपा (एमाले) निकट उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागद्वारा शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “संस्थानलाई निजीकरण गरेर भए पनि समस्या समाधान हुन्छ । कृषकलाई मर्कामा पर्न दिइने छैन ।”
भक्तपुरको नलिञ्चोकमा निर्मित सुविधासम्पन्न हेलिपोर्ट सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउने योजनासहित निर्माण गरिएको उक्त हेलिपोर्ट शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले भन्नुभयो, “हवाई पूर्वाधारतर्फको विकासले मुलुकको उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउन सहयोग पुग्ने छ ।” त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलमा उडान तथा अवतरण गर्ने हेलिकोप्टर र जहाजको सङ्ख्या बढ्दै गइरहेका बेला हेलिप्याड सञ्चालनले विमानस्थलको उडान चाप व्यवस्थापन हुनुका साथै हेलिकोप्टर सेवाप्रदायक कम्पनीलाई पनि सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पथान्तरण तत्काल बन्द नहुने भएको छ । यसअघि बाढीपहिरोको जोखिमका कारण सिन्धुपाल्चोकको अम्बाथानस्थित आयोजनाको सुरुङको मूलद्वार शुक्रबारदेखि बन्द गर्ने भनिएको थियो तर मुहान क्षेत्रमा पानी नपरेको र खोलाको पानी सफा नै रहेकाले तत्काल सुरुङ बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मेलम्ची खोलाको ‘क्लोज मोनिटरिङ’ तथा विशेष सावधानीसहित अहिले सुरुङमा पानी पथान्तरण गरिँदै आएको बताउँदै ठुलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने स्पष्ट पार्नुभयो । यसअघि खानेपानी मन्त्रालयले जेठ ३१ गतेदेखि नै सुरुङको मूलद्वार बन्द गर्ने निर्णय गरेको थियो ।