ताप्लेजुङका पहिरोपीडित परिवारलाई राहत वितरण गर्न सुरु गरिएको छ । जिल्ला विपत् व्यवस्थापन कोषमार्फत बाढी पहिरोपीडित परिवारलाई राहत रकम वितरण गर्न सुरु गरिएको हो ।
मधेश प्रदेशको धनुषा तथा महोत्तरी जिल्लाको बाढी प्रभावित चार पालिकामा सञ्चालन भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले काम गरेपछि ती पालिकामा कृषि उत्पादन तथा उत्पादकत्वमा बृद्धि भएको छ ।
ईनर ह्विल क्लब अफ कीर्तिपुर सेन्ट्रलले अध्यक्ष रञ्जना शाक्य महर्जनले तयार पार्नुभएको स्मारिका “पहिचान” सार्वजनिक भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसमा प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी हुनुभएको छ।
बाँकेको कोहलपुरमा बारुद्ध विस्फाेट भएको छ । कोहलपुर नगरपालिका ९ मा गए राति माटोमुनि दबिएर रहेको अवस्थामा बारुद आफै विष्फोट भएको हो । विष्फोट भएको स्थानमा ठूलो खाडल बनेको छ ।
नवलपुरमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका –२ नन्दपुरस्थित नारायणी नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको हो ।
थेम्स इन्टरनेशनल कलेजले दुई दिने नेपाल सोसल वर्क सम्मेलन २०२४ आयोजना गरेको छ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले यसपाली वर्षा याममा रासायनिक मल खादको अभाव नहुने बताउनुभएको छ । रासायनिक मल आउनेक्रम जारी रहेकाले मल अभाव नहुने उहाँको भनाइ छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले औषधीजन्य जडीबुटी मेला गर्ने भएको छ ।
मकवानपुर प्रहरीले ५८ कार्टुन भेप तथा भेपको फ्लेवरसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
कश्मिरको मुस्लिम बाहुल्यता भएको क्षेत्रमा हजारौँ व्यक्तिको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
वर्षायाममा पानी पर्दा खुसी नहुने को होला र ? कृषिप्रधान मुलुक भएर होला बालीनाली लगाउन वर्षा नै कुर्नुपर्छ । सिँचाइको प्रबन्ध नभएका ठाउँमा आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता अझै हटेको छैन । यसको ठीक उल्टो भएको छ मनाङमा ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताउनुभएको छ।
काभ्रेपलाञ्चोकमा सञ्चालित एम्बुलेन्समा ‘ग्लोबल पोजिसनिङ सिष्टम (जिपिएस)’ जडानपछि सेवा प्रभावकारी बन्दै गएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार अमेरिकाले भारत र पाकिस्तानबिच प्रत्यक्ष छलफललाई समर्थन गर्ने बताउनुभएको छ । उहाँले छलफलको गति, दायरा र चरित्र पनि दुई देशको आपसी समझदारीमा निर्धारण गर्नुपर्ने बताउनुभयो ।