• १३ असार २०८१, बिहिबार

कश्मिरमा पनि मनाइँदै योग दिवस

blog

श्रीनगर (भारत), असार ७ गते । कश्मिरको मुस्लिम बाहुल्यता भएको क्षेत्रमा हजारौँ व्यक्तिको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारत प्रशासित कश्मिरको राजधानी श्रीनगरमा आयोजना गरिएको योग दिवसमा सहभागिता जनाउनुभएको छ । यो दिनले १०औँ अन्तर्राष्ट्रिय योग दिवसलाई चिह्नित गरेको छ ।

योग आँफैमा धार्मिक अभ्यास नभए पनि यसको उत्पत्ति हिन्दू दर्शनबाट भएको विश्वास रहेको छ र भगवान शिव पहिलो योगी मानिनुहुन्छ । कश्मिरका धेरै बासिन्दाहरू यो अनुशासनसँग अनजान छन् ।

यस कार्यक्रमका लागि कश्मिरभरिका हजारौँ सरकारी कर्मचारी, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

योग दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “योगले शक्ति, र स्वास्थ्यलाई बढावा दिन्छ, त्यसैले डल तालको किनारमा बसोबास गर्ने प्रहरी र सशस्त्र सेनाका कर्मचारीसहित सयौँ व्यक्तिलाई योगलाई ‘आफ्नो दैनिक जीवनको हिस्सा’ बनाउनुपर्छ ।”

कश्मीरमा स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै विभिन्न विद्रोही समूहले सन् १९८९ देखि आन्दोलन गर्दै आएका छन् ।

एक दशकअघि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरिएको थियो र त्यसपछि मोदीले भारतका प्रतीकात्मक स्थानहरूमा योग कार्यक्रमको नेतृत्व गर्दै आउनुभएको छ । रासस/एएफपी