• १३ असार २०८१, बिहिबार

५८ कार्टुन भेप तथा भेपको फ्लेवरसहित पाँच जना पक्राउ

blog

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सार्वजनिक गरिँदै।

राममणि दाहाल

हेटौँडा, असार ७ गते। मकवानपुर प्रहरीले ५८ कार्टुन भेप तथा भेपको फ्लेवरसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका नम्बर ११ थानाभ¥याङस्थित सडक खण्डबाट भेप तथा भेपको फ्लेवरसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।

मकवानपुरले भेप तथा भेपको फ्लेवरसहित नियन्त्रणमा लिएकालाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

काठमाडाँैबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जान आउँदै गरेको ना ६ ख ७१६३ नम्बरको बसका चालकसहित पाँच जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो। प्रहरीले खानतलासी गर्दा भेपसहित शंकास्पद वस्तु फेला पारेको हो।  

प्रहरी उपरीक्षक रिजालले बसको यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्स वटम बनाएर बटमभित्र अबैध भन्सार छली चोरी पैठारी गरी ल्याइएको करिब दुई करोड ७१ लाख २१ हजार ७८० रुपियाँ बराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवर फेला परेको जानकारी दिनुभयो। 

प्रहरीले भेपका समान, ना ६ ख ७१६३ नम्बरको बस पाँच जनालाई नियन्त्रणमा लिएर उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने भएको छ।