• १४ असार २०८१, शुक्रबार

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयुर्वेदिक जडीबटी प्रदर्शनी गर्ने

blog

काठमाडौं, असार ७ गते । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले औषधीजन्य जडीबुटी मेला गर्ने भएको छ ।

चिकित्सालयले अन्तर्राष्ट्रिय यागे दिवसको अवसरमा एक कार्यक्रम गर्दै मेला महोत्सवमा आयुर्वेदिक जडीबटी प्रदर्शनी गर्ने जनाएको छ । 

मेला जलवायु परिवर्तन तथा स्वास्थ्यका लागि जडीबटी भन्ने नारासहित असार आठ गते (शनिबार) नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेबाट सुरु हुने आयुर्वेद चिकित्सक डा.पुनम नेपालले जानकारी दिनुभयो ।

औषधीजन्य जडीबटीको सामान्य ज्ञानलाई नागरिकको घरघरमा पु¥याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको डा.नेपालले बताउनुभयो ।

नेपालका अनुसार उक्त मेलामा औषधीजन्य जडीबटीको व्यावसायीक खेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयत्न एवम् कृषकबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता एवम् चुनौती लगायतका विषयमा सरोकारवालाहरुसँग छलफल गरिने डा.नेपालको भनाइ छ । 

मेलामा हिमाल पहाड र तराईमा उब्जने बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा परम्परामा रहेका विभिन्न जडीबुटीहरु मिश्रित आहार एवम् खानपानको जानकारी दिइने आयोजकलले जनाएका छन् । लोपोन्मुख, विश्वभरि अनुसन्धानबाट पुष्टि भएका औषधीय ज्ञान उजागर गर्न एवम् नागरिकलाई सूचित गर्न लाभदायी हुने आयोजकको विश्वास छ ।