काभ्रेपलाञ्चोकमा सञ्चालित एम्बुलेन्समा ‘ग्लोबल पोजिसनिङ सिष्टम (जिपिएस)’ जडानपछि सेवा प्रभावकारी बन्दै गएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार अमेरिकाले भारत र पाकिस्तानबिच प्रत्यक्ष छलफललाई समर्थन गर्ने बताउनुभएको छ । उहाँले छलफलको गति, दायरा र चरित्र पनि दुई देशको आपसी समझदारीमा निर्धारण गर्नुपर्ने बताउनुभयो ।
भारतीय सिमानासँग जोडिएको बाँके जिल्लामा केही समययता विभिन्न प्रकारका लागूऔषधको ओसारपसार, सेवन र बिक्री बढ्दै गएपछि प्रहरीले “लागूऔषध दुव्र्यसन तथा ओसारपसार विरुद्धको एकीकृत अभियान–२०८१” सञ्चालन गरेको छ ।
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा आएको छ ।
झापाबाट लागूऔषध ओसारपसारमा संलग्न दुई विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिकामा लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड विगत पाँच वर्षदेखि अधिकांश वर्ष घाटामा सञ्चालन भएको छ ।
लैङ्गिक हिंसा न्यूनीकरणका लागि निगरानी समूह बनाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको शुक्रबारको प्रदेश सभाको बैठक दोस्रो पटक पनि सूचना टाँस गरेर स्थगित गरेको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार भएको बताउनुभयो ।
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशक अघिदेखि पूजा, आराधना गर्दै आउनुभएका सन्त-पुजारीलाई हटाउन लागेकोमा स्थानीयवासीले आपत्ति जनाएका छन् ।
दोलखाको शैलुङ गाउँपालिकामा निर्माण भएको मिनी ग्रेटवाल हेर्न चाइनिज टोली आउन थालेका छन् । मिनी ग्रेटवाल पर्यटकका लागि आकर्षक बनेकाले केही दिनदेखि चाइनिज टोली आउन थालेका बेस क्याम्प कालापानीका शैलुङइन होटलका सञ्चालक लालबहादुर श्रेष्ठले बताउनुभयो ।
नियमित ध्यान र साधनाले स्वस्थ रहनसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि पछिल्लो समय जिल्लामा योग अभ्यासप्रति आकर्षण बढ्दै गएको छ । योग अभ्यास र साधनाले शारिरीक मानिसक स्वास्थ्य राख्नका लागि सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने भएपछि युवादेखि वृद्धवृद्धासम्म योगमा लाग्नुभएको छ ।
पोखरामा दशौं अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जली योगपीठको विशेष आयोजनामा योग दिवस मनाइएको हो ।
पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य केन्द्रका रुपमा परिचित बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ ।