बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका –१ बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्रीमा सहज बनाएको छ ।
असारको पहिलो हप्ता बितिसक्दा पनि पानी नपरेपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण बारीमा लगाएका मकै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
भीमदत्त नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउन सक्रियता बढाएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले स्वस्थ मन र स्वस्थ शरीर भएमात्रै कुनैपनि व्यक्तिले व्यक्तिगत र सामाजिक भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ ।
वर्षौँदेखि आकासेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला सुखी हुनुहुन्छ । उहाँ मात्रै होइन यहाँका सयौंँ किसान वर्षौदेखि आकासेपानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुसी भएका छन् ।
रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको रूसी अधिकारीले शुक्रबार बताएका छन् ।
जिल्ला कारागार रुपन्देहीमा कैदीबन्दीको अत्यधिक चापले व्यवस्थापनमा समस्या देखिएको छ ।
अमेरिकी सेनाले बिहीबार यमनको लालसागरमा चारवटा हुथी नटिकल ड्रोन र दुईवटा हवाई ड्रोन नष्ट गरेको बताएको छ । इरान समर्थित हुथीहरूले नोभेम्बरदेखि रेड सी र एडनको खाडीमा कार्गो ढुवानी गर्ने जहाजहरूमा ड्रोन र क्षेप्यास्त्रले आक्रमण गर्दै आइरहेको छ ।
सङ्घीय संसद, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशनका लागि अछामबाट २० प्रतिनिधि चयन गरिएको छ ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नु हुनेछ ।
जिल्लाको रामपुर नगरपालिकाले ७३ करोड ८५ लाख चार हजारको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि कृषि उत्पादनमा वृद्धि र रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको हो ।
आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ ।
गोरखाको पालुङटार नगरपालिका मिरकोटमा दुना टपरी बनाउने उद्योग सञ्चालनमा आएको छ ।