प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताउनुभएको छ ।
बेनी नगरपालिका–३ भकिम्लिका ४१ वर्षीय कविराम घर्तीलाई आफ्नै छोराले धारिलो हतियार प्रहार गर्दा घाइते हुनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा बजेटको बारेमा समीक्षा गर्ने बताइएको छ ।
इजरायली सेनाले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका एक कमान्डर मारिएको पुष्टि गरेको छ ।
सङ्घीयता अभ्यास गरेको छ वर्ष पुगे पनि स्थानीय तहमा मनमर्जी खर्च गर्ने प्रवृत्तिमा कमी आउन सकेको छैन । बरु हरेक वर्ष यो प्रवृत्तिले विकराल रूप लिन थालेको छ । जनताले तिरेको करको सदुपयोग हुन सके मात्र सङ्घीयता बलियो हुन्छ भन्ने मान्यता राखिन्छ तर सङ्कलित करको सदुपयोगभन्दा दुरुपयोग भएका घटना सार्वजनिक हुन थालेका छन् ।
सडक निर्माण गर्दा गाउँपालिकाभरिका पानीका मुहान सुकेपछि शिवनाथ गाउँपालिकाले महाकालीको पानी तान्न ४४ करोड रुपियाँको गुरुयोजना तयार पारेको छ । गुरुयोजना अनुसार सङ्घीय सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । विगतमा कलकल बग्ने यहाँको मटेला खोला गत वर्षदेखि सुक्खा बनेको छ । शिवनाथ गाउँपालिका–१, मिटभिटा दुवला मुहानबाट ३२ मिलिमिटर पाइपमा आउने पानीको मुहानमाथि सडक खन्दा मूल सुकेपछि पानीको हाहाकार मच्चिएको स्थानीय शिक्षक महासिंह साउदले बताउनुभयो ।
सहकारी संस्थाहरूमा आबद्ध अगुवा किसानहरूलाई कृषि सामग्री सहयोग गरिएको छ । व्यवसायी तरकारी खेतीबाट उत्पादनमा वृद्धि गरी आम्दानी बढाउन सहयोग पुर्याउनका लागि यी कृषि सामाग्री सहयोग गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रामपुर–कपुरकोट सडक निर्माणमा ढिलाइ भएको छ । बजेट अभावका कारण पाँच वर्षदेखि पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट पुग्ने सडकको काममा ढिलाइ भएको हो । आयोजनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा सडक निर्माणको काममा ढिलाइ भएको आयोजना पक्षले जनाएको छ । रामपुर–कपुरकोट आयोजना अन्तर्गत पाल्पामा झन्डै दुई किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ । होलाङ्दी–ढुङ्गाखानी सडकखण्डमा झन्डै एक किलोमिटर सडक कालोपत्रेको काम भएको छ । यसबाहेक गत वर्षदेखि आर्यभन्ज्याङ–रामपुर सडकखण्डको हुमिन–ताहुँ क्षेत्रमा साढे चार किलोमिटर सडक निर्माणको काम भइरहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।
गत वर्षको साउन महिनादेखि जेठसम्म मनासलु क्षेत्रमा झन्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । चुमनुब्री गाउँपालिकाका अनुसार उक्त अवधिमा नौ हजार ७६९ जनाले मनासलु क्षेत्र भ्रमण गरेका हुन् । मनासलु क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाएर अघि बढ्न लागिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अहिले बेनिघाट, आरुघाट र लार्के सडकले नयाँ ट्र्याकमार्ग खोल्ने क्रममा पर्यटक हिँड्ने पैदलमार्ग मासिएकाले नयाँ पदमार्ग निर्माणलगायत पर्यटन विकासका लागि बृहत् गुरुयोजना बनाएर अघि बढ्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ ।
विश्व योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो ।
चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले रु ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ ।