पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतक स्थायित्वको पक्षमा रहेको आफनो पार्टीले वर्तमान सरकारको विकल्प बारेमा नसोचेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गर्नुभएको हो ।
लैङ्गिक हिंसा न्यूनीकरणका लागि तीन वटै तहका सरकारले निमौण गरेको कानुन र नीति नियमको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा बक्ताहरुले जोड दिनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न रेडियो नेपालबाट सूचना र दूरसञ्चार सेवा प्रदायकमार्फत एसएमएसद्वारा पूर्वसूचना दिइने बताउनुभएको छ।
हावाहुरीले बुधबार धनगढी स्थित घुँयाघाटमा क्षति पुर्याएको विद्युतीय पोल । हावाहुरीले घुँयाघाट, हङकङ रोड, कम्पनी टोललगायत विभिन्न स्थानका १० भन्दा बढी विद्युतीय पोलमा क्षति पुर्याएको धनगढी वितरण केन्द्रले जनाएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नम्बर ८ मा एक प्रहरीसहित ७ जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ।
श्री एयरलाइन्सले काठमाडौँ–भरतपुर परीक्षण उडान गरेको छ । श्री एयरलाइन्सको ८० सिटे जहाज बिहीबार काठमाडौँबाट भरतपुर विमानस्थलमा सफल अवतरण भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउन गृहकार्य भइरहेको बताउनुभएको छ ।
शैक्षिक गुणस्तर सुधारको योजना बनाइ कार्यान्वयन गर्न लागेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रधानाध्यापकसहित व्यवस्थापन समितिका पदाधिकारीका लागि क्षमता तालिम सञ्चालन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरणको मुद्दा अन्तर्राष्ट्रिय जगतमा स्थापित भएको छ ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा आधा पनि बजेट खर्च गर्न नसकेको देखिएको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएको ४० अर्ब ४७ करोड ९७ लाख बजेटमध्ये जेठ मसान्तसम्म ४७.२६ प्रतिशत बजेट खर्च भएको हो ।
नायब बहादुर शाहको २६८औँ जन्मजयन्तीका अवसरमा १० जना व्यक्तित्वलाई सम्मान गरिएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले बहादुर शाहको सालिक स्थल दक्षिणढोकामा आयोजना गरेको कार्यक्रममा उहाँहरूले विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
नेपाली कांग्रेसले भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ८३ सदस्य मनोनयन गरेको छ ।
तनहुँका घिरिङ गाउँपालिका महिलाहरू सीप सिक्न थालेका छन् ।
हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै सातादेखि हुने भएको छ ।