• १२ असोज २०८१, शनिबार

बहादुर शाहको जन्मजयन्तीमा १० व्यक्तित्व सम्मानित

blog

काठमाडौँ, असार ६ गते । नायब बहादुर शाहको २६८औँ जन्मजयन्तीका अवसरमा १० जना व्यक्तित्वलाई सम्मान गरिएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले बहादुर शाहको सालिक स्थल दक्षिणढोकामा आयोजना गरेको कार्यक्रममा उहाँहरूले विभिन्न क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

सम्मानित हुनेमा प्रा.रामकुमार पाँडे, हास्य व्यङ्ग्य कलाकारद्वय सन्तोष पन्त र राजाराम पौडेल, नायिका गौरी मल्ल, नायक निखिल उप्रेती, कुस्ती खेलाडी भरत विसुराल, अधिवक्ता युवराज कोइराला, समाजसेवीहरू जीएन दाइ, बद्रीप्रसाद अर्याल, विष्णुभक्त तुण्डकारलाई सम्मान गरिएको हो । त्यस अवसरमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालले बहादुर शाहले नेपालको एकीकरणमा पुर्‍याएको योगदान बिर्सन नसकिने बताउनुभयो । 

यस्ता योद्धाका स्मृतिमा प्रत्येक वर्ष कार्यक्रम गरिनुपर्नेमा उहाँको जोड थियो । परिषद्का अध्यक्ष शङ्कर पौडेल, कार्यक्रम संयोजक पद्मराज सुवेदी र सहसंयोजकद्वय नानिकाजी गिरी एवम् दिवाकरविक्रम शाहलगायतले बहादुर शाहले नेपालको एकीकरणमा गरेको योगदानको सम्मानमा कार्यक्रम गरी स्रष्टा सम्मान गर्ने क्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभएको थियो । रासस