सर्लाहीको बरहथवामा बिहीबार करेन्ट लागेर दाइको मृत्यु भएको छ भने भाइ घाइते हुनुभएको छ । बरहथवा नगरपालिका–५, स्थित नेपाल टेलिकमको कार्यालयमा ट्रष्ट निर्माणको काममा खटिनुभएका बरहथवा नगरपालिका–१०, बस्ने २१ वर्षीय आवोध ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।
नेकपा (माओवादी केन्द्र) ले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले दोलखामा निर्माण सुरु गरेका अधिकांश सडक अलपत्र परेका छन् । भौतिक पूर्वाधार कार्यालयमार्फत दोलखामा एक अर्ब ७३ करोड ८१ लाख ५८ हजार ४६१ रुपियाँमा ९ वटा सडक निर्माणाधीन छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रत्येक विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरीले लागूऔषध कोकिन चार किलो पाँच सय चार ग्रामसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकासका लागि नीतिगत स्थायित्व तथा कार्यविधिगत सरलीकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्रालय क्रियाशील रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा उठेको प्रश्नको जवाफ दिनुभएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विश्व विद्यालय स्थापना हुनुपर्ने धारणा राख्नुभएको छ ।
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद् बोर्डले बैठकको कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो ।
एसियाली विकास बैङ्क (एडिबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ ।
नेपालगन्ज १६ जयसपुरस्थित सुर्खेत रोडको नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियल अबदेखि २४ घण्टा खुला हुने भएको छ ।
जिल्लाको चामे सडक खण्डअन्तर्गत रहेको बेँसीसहर नगरपालिका –६ खरखरेभिरमा अविरल वर्षाका कारण बुधबार राति खसेको पहिरोले अवरुद्ध सडक खुलाइने प्रयास गरिएको छ ।
श्री एयरलाइन्सले काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । श्री एयरलाइन्सको ८० सिटे जहाज विहीबार काठमाडौंबाट भरतपुर विमानस्थलमा सफल अवतरण भएको हो ।
जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ ।