लहान नगरपालिका–१७ बलानसेरका दुई बालकको बलान नदीमा डुबेर मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको छ। रितिक चौधरी हिमालयन बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत छात्र थिए। अविनाश सदाय गाउँमै रहेको सामुदायिक विद्यालय बलानेसरमा कक्षा २ मा अध्ययनरत थिए।
विभिन्न दलमा आबद्ध शिक्षकले धमाधम आफू सङ्गठित दलबाट राजीनामा दिन थालेका छन् । मोरङको उर्लाबारी, पथरीशनिश्चरे र कानेपोखरीका शिक्षकले राजीनामा दिएको सम्बद्ध पार्टीका पदाधिकारीले जनाएका छन् ।
भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तीमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी समकक्षीसँग बिहीबार हनोईको राजकीय भ्रमणका क्रममा भेटवार्ता गर्नुभएको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तीकरण जरुरी रहेको बताउनुभएको छ ।
जैविक विविधताले महत्त्वपूर्ण तथा पहिलो चरा अभय आरण्य क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा गर्मी मौसमको गणनामा हरिहाँसको सङ्ख्या २३२ वटा पुगेको छ ।
घोराही उपमहानगरपालिका-६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक भैँसी पाल्दै आउनुभएको छ । उहाँले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी नामको फार्म दर्ता गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान विपरीत धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नम्बर ८ मा एक प्रहरीसित सात जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ।
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले पछिल्लो समय लागूऔषध प्रयोगकर्ता सङ्ख्या बढ्दैगएकाले यसको नियन्त्रण आवश्यक रहेको बताउनुभएको छ ।
कृषि उत्पादन बढाउन मकवानपुरसहित बागमती प्रदेशका छ जिल्लामा करिब ८० प्रतिशत रासायनिक विषादीको खपत हुने गरेको छ ।
मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा आज लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ ।
बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको नेपाली काँग्रेसको अवरोधका कारण आजको प्रदेश सभा बैठक स्थगित गरिएको छ ।