प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ ।
आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले सो जानकारी गराउनुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको बताउनुभएकाे छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बिचमा गठबन्धन भए अन्य राजनीतिक दलले निर्वाचनमा पराजित गर्न नसक्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।
ग १ ज ७२५४ नम्बरको जिप बिहीबार बिहान जाजरकोटको नलगाड नगरपालिका-१० रग्दामा दुर्घटना भएको हो ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय सुनसरीद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘ट्राफिक सप्ताह’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी, नागरिक समाज, विद्यार्थी र सञ्चारकर्मीको सहकार्यमा सडक दुर्घटना ५० प्रतिशत घटाउने गरी कार्ययोजना तयार गरेर कार्यान्वयन गरिने बताउनुभयो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
अतिरिक्त समयमा काम गरेवापतको सुविधा पाउनुपर्ने मुख्य माग राखेर आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका विषयमा आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच आज छलफल भएको छ ।
बुधबार रातीदेखि परेको अविरल वर्षाले कल्भर्ट बगाएपछि अवरुद्ध भनेको भानुमार्गको अवरोध बिहीबार बिहान ११ बजेबाट हटेको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधि सभा सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
लिटिल मिस एण्ड मिस्टर नेपाल आइडल २०२४ को जुनियरतर्फकाे उपाधि बिप्सना राजवाहक र सिनियरतर्फकाे उपाधि स्वयम थामीले जित्नुभएकाे छ।
भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा सहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।