कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले ११७ वटा विधेयकलाई सङ्घीय संसदबाट अगाडि बढाउने तयारी गरिरहेको बताउनुभएको छ ।
आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धनगढीमा बुधबार राती ०.६ मिलिलिटर वर्षा भएपछि यहाँका बासिन्दालाई राहत महशुस भएको छ । वर्षाले न्यूनतम तापक्रम ३० डिग्रीबाट २६ मा झरेपछि स्थानीयले शीतल महसुस गरेका हुन् ।
श्री एयरलाइन्सले आज काठमाडौँ-भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० जहाजको परीक्षण उडान गरिएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको जनाएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा तनहुँमा सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सहयोग भन्दा राजश्व योगदान बढी देखिएको छ । चालु आर्थिक वर्षको ११ अर्थात् जेठ मसान्त सम्ममा खर्च गरेको भन्दा १४ करोड बढी राजस्व योगदान तनहुँले दिएको हो ।
ताप्लेजुङसहित पूर्वका जिल्लामा मनसुनी वर्षासँगै प्रतिकूल बनेको मौसम एक सातापछि खुलेको छ। निरन्तरको झरी, वर्षा र बादल रोकिएसँगै बिहीबार अपराह्नदेखि मौसम खुलेको हो।
यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतहरुमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।
श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सौर्य तथा पवन ऊर्जामा, हरित हाइड्रोजन प्राप्ति जस्ता विभिन्न क्षेत्रमा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेको बताउनुभएको छ ।
चितवनको कालिका नगरपालिकाले नीति तथा कार्यक्रममा चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन ‘मेयरसँग केयर’ कार्यक्रम ल्याएको छ ।
श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मङ्गलबार घोषणा गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।
पूर्वमन्त्री एवम् नेपाल समाजवादी पार्टीकी नेत्री हिसिला यमीले दिगो विकासका लागि भौतिक पूर्वाधार निर्माणमा राजनीतिक नेतृत्वसँगै जनसहभागिता पनि आवश्यक रहेको बताउनुभएको छ ।
नवलपुरको मध्यविन्दुमा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् । मध्यबिन्दु –८ देवकोटा टोलस्थित रामबहादुर खत्रीको घरभित्र चितुवा छिरेपछि आक्रमणमा ६ जना घाइते भएका हुन् ।