• ४ पुस २०८१, बिहिबार

चितुवाको आक्रमणबाट ६ घाइते, चितुवा मृत फेला

blog

मध्यविन्दु नगरपालिका वडा –८ मा भेटिएको मृत चितुवा ।

मीना कंडेल

कावासोती, असार ६ गते । नवलपुरको मध्यविन्दुमा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् । मध्यबिन्दु–८ देवकोटा टोलस्थित रामबहादुर खत्रीको घरभित्र चितुवा छिरेपछि  आक्रमणमा ६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदबहादुर पौडेलले घाइते हुनेमा मध्यबिन्दु–८ देवकोटा टोल निवासी ४५ वर्षीय देवा ठकुरी, ३२ वर्षीय सुनिल जैसवाल, ३२ वर्षीय रुपा कुमाल, १९ वर्षका अमृत चौधरी, २२ वर्षीय रोशन कुमाल र २२ वर्षका अमृत महतो रहेको बताउनुभयो । 

घाइते पाँच जनाको हात र ढाडमा चोट लागेको र एक जनाको टाउको र बायाँ हातमा चोट लागेको पौडेलले जानकारी दिनुभयो । उहाँहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ । 

बिहीबार बिहान मध्यविन्दु नगरपालिका–८ मा ६ जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ । डिभिजन वन कार्यालय कावासोतीका प्रमुख वसन्त केशव अधिकारीले ६ जनालाई घाइते बनाएको चितुवा मृत अवस्थामा फेला परेको बताउनुभयो । जङ्गलमा अरू जनावरसँग लडेर घाइते भएको चितुवा बस्ती प्रवेश गरेर स्थानीयलाई आक्रमण गरेर भाग्ने क्रममा स्थानीयको आक्रमणबाट मारिएको हुनसक्ने अधिकारीले बताउनुभयो । 

राष्ट्रिय निकुञ्ज, वन डिभिजन कार्यालय समेतको टोली घटनास्थलमा पुगी चितुवालाई व्यवस्थापनका लागि समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।