• १२ असोज २०८१, शनिबार

करेन्ट लागेर दाइको मृत्यु, भाइ घाइते

blog

जनार्जन खत्री
सर्लाही, असार ६ गते ।
 सर्लाहीको बरहथवामा बिहीबार करेन्ट लागेर दाइको मृत्यु भएको छ भने भाइ घाइते हुनुभएको छ । बरहथवा नगरपालिका–५, स्थित नेपाल टेलिकमको कार्यालयमा ट्रष्ट निर्माणको काममा खटिनुभएका बरहथवा नगरपालिका–१०, बस्ने २१ वर्षीय आवोध ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।

ठाकुरलाई बरहथवामा सामान्य उपचारपश्चात् थप उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा मृतक आवोधका भाइ १९ वर्षीय आनन्द ठाकुर सामान्य घाइते हुनुभएको छ । आनन्दको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले जानकारी दिनुभयो ।