काभ्रेपलाञ्चोकमा करिब ६४ वर्ष पहिले स्थापना गरिएको बनेपाको शिर मेमोरियल अस्पतालको नाममा छुट जग्गा दर्ता गर्ने विषयमा विवाद देखिएको छ । अस्पताल सञ्चालन गर्दै आएको शिर मेमोरियल मेडिकल एन्ड एजुकेसनल ट्रस्टको नाममा साबिक बनेपा नगरपालिका–१ ‘क’ (हाल वडा नम्बर–५) को कित्ता नं. २७३ को १४ रोपनी दुई आना छुट जग्गा दर्ता गर्ने विषयमा विवाद उत्पन्न भएको हो । छुट जग्गा दर्ताका लागि मन्त्रीपरिषद्बाट निर्णय गरेपछि शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालले साबिक नापीको समयमा अस्पतालको नाममा नापजाँच भई दर्ता छुट भएको कित्ता नं. २७३ को १४ रोपनी दुई आना जग्गा शिर मेमोरियल मेडिकल एन्ड एजुकेसनल ट्रस्टको नाममा दर्ता गर्न गत चैत २६ गते मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा निवेदन दिएको थियो । अस्पतालले निवेदन दिएसँगै मालपोत कार्यालय काभ्रेपलाञ्चोकले वैशाख १३ गते हकदाबीसम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेपछि बनेपावासीले जग्गा दर्ता नगर्न मालपोत कार्यालयमा उजुरी दर्ता गरेका थिए ।
नवराजपुर गाउँपालिका सिराहाको पूर्वी भेगमा हुलाकी लोकमार्गसँग जोडिएको छ । कुल ३२.१८ वर्गकिलोमिटरमा फैलिएको यो गाउँपालिकाको पूर्वमा भगवानपुर, उत्तरमा सखुवानानकरपट्टी, पश्चिममा बरियारपट्टी र लक्ष्मीपुर गाउँपालिका पर्छन् । दक्षिणमा भारतको सिमानासँग जोडिएको यो गाउँपालिका साबिक भगवतीपुर, तामसुइया, मझौरा फुलवरिया गाविस मिलाएर बनेको हो । विभिन्न जातजाति र किसानको बाहुल्य रहेको यस गाउँपालिकामा पहिलो पटक जनता समाजवादी पार्टी नेपालबाट अध्यक्षमा शिवउद्गार यादव निर्वाचित हुनुभएको छ । गाउँपालिका अध्यक्ष यादवसँग गोरखापत्रका लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानी :
मुलुकको आर्थिक समृद्धिमा कृषि क्षेत्रको दिगो विकास आवश्यक भएको सरकारले ठहर गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेटमा विशेष घोषणा ग¥यो । कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्यसाथ सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न वि
विगतमा न्यायपालिका र कार्यपालिका तथा न्यायपालिका र व्यवस्थापिकाबिच द्वन्द्व देखिए पनि हाल यी निकायबिच विवाद छैन भने पनि हुन्छ । राजनीतिक पार्टी तथा पार्टीका नेताबिच विवाद भई त्यसमा संवैधानिक तथा कानुनी प्रश्न तेर्सिएर समस्या भने उत्पन्न भएका छन् । यस्ता विवाद भने न्यायालयमा हाल केही बढी छन् । विगतमा यस्ता विवाद जति आउँथे, हालको समयमा त्यसभन्दा बढी न्यायालयमा दर्ता भएको देखिन्छ । नेपालको संविधान निर्माण भए यता हाल संविधानको राजनीतिक मिश्रित व्याख्या हुने क्रम जारी छ । सुरु सुरुमा संविधानको व्याख्या हुने क्रम केही कम भए पनि हाल केही समय यता बढ्दो छ । सर्वोच्च अदालतले मौलि
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, ग्रैह्रपाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना अभियोगमा सात जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सहकारीको डेढ अर्बभन्दा बढी रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा कार्यरत बालबालिकाको उद्धार गरेका समाचारले प्राथमिकता पाए । सिंहदरबारभित्रै बाल श्रमशोषण भएको कुरामा किन कसैले आँखा नदेखेको होला भन्ने तर्क उठे । अनौपचारिक सेवाका क्षेत्र र सञ्चारको सुविधा एवं आमनागरिकलाई प्रवेशको अनुमति नदिइएका कलकारखानामा बालश्रमको शोषण भइरहेको छ भन्ने भाष्य सिर्जना भएको सन्दर्भमा सिंहदरबारभित्रै शोषणमा रहेका बालबालिका भेटिनु नौलो घटना हो ।
असार ७, थाहा आन्दोलनका सर्जक रुदाने अर्थात् रूपचन्द्र विष्टको २५ औँ स्मृति दिवस । जनमुखी राजनीतिज्ञ, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य विष्ट आफ्नो राजनीतिक कालखण्डमा चर्चामा रहनुभयो । उहाँ मकवानपुरे जनताका असल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँले चलाउनुभएको ‘थाहा अभियान’ को सम्झना स्वरूप उत्तरी मकवानपुरको एक नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको छ । थाहा नगरपालिकाले आज असार ७ गते नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।
जीवनमा सुख र शान्तिको आधार योग हो भन्ने कुरा धर्मशास्त्र र सिद्ध ऋषिमुनिले प्रमाणित गरेको विषय हो । योग दर्शनलाई साख्य दर्शनको क्रियात्मक साधनाका रूपमा मानिन्छ । योगको अर्थ विभिन्न रूपमा परिभाषित गरिएका छन् । जीव तìवलाई ब्रह्म तìवमा मिलन गराउने क्रियालाई योग भनिन्छ । अनुशासित प्रक्रियाबाट जोड्नु, मिल्नु अर्थात् उच्चतम अनुकूलताको आनन्दलाई योग भनिन्छ । आत्माज्ञान प्राप्तिको क्रियात्मक रूप योग हो । बुद्धिको स्थुलताबाट सूक्ष्मतातिरको यात्रालाई योग भनिन्छ अर्थात् बाहिरी विचारबाट निवृत्त भएर अन्तर्मुख हुनुलाई योग भनिन्छ । व्यष्टि चेतनाबाट समष्टि चेतनातिरको यात्रालाई पनि योग भनि
ताप्लेजुङको सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका भीमबहादुर श्रेष्ठको जीवनीकृति ‘स्मृतिमा भीमबहादुर’ सार्वजनिक गरिएको छ । पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, सांसद सुशीला श्रेष्ठ, सांसद लीला बोखिमलगायतले संयुक्त रूपमा बिहीबार कृति सार्वजनिक गर्नुभएको हो । पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले ताप्लेजुङको भानु स्कुल स्थापनामा समाजसेवी भीमबहादुर श्रेष्ठले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । उहाँका अनुसार भीमबहादुर श्रेष्ठले शिक्षा क्षेत्रको उन्नयनमा दार्जिलिङसम्मै पुगेर शिक्षक खोजेर ल्याउने, स्कुल भवन बनाउन सहयोग सङ्कलन, धर्मभकारीको स्थापनालगायत विकास र सेवाका क्षेत्रमा योगदान दिनुभएको थियो । श्रमदानको संस्कृतिमा जोड दिँदै जनसहभागिता जुटाउने, सरकारी बजेटमा पहुँच स्थापित गर्ने कार्यमा समेत भीमबहादुरको योगदान थियो ।
गायक सञ्जीव प्रधानले आफ्नो पुरानो गीत ‘स्टिम इन्जिन’ लाई पुनः रेकर्ड गरी भिडियो सार्वजनिक गर्नुभएको छ । म्युजिक भिडियोमा गायक प्रधान र करिश्मा श्रेष्ठको अभिनय रहेको छ । गीतमा कबवेभ ब्यान्डका दिपेश मुल्मीको एरेन्ज रहेको छ । काभ्रेको पनौतीका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोलाई सुव्रत आचार्यले कलात्मक रूपमा निर्देशन गर्नुभएको छ । जया शर्माले क्रियटिभ निर्देशन गर्नुभएको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गर्नुभएको छ । भिडियोको सम्पादन विकास दाहालले गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ ।
गोरखाको पालुङटार नगरपालिकामा विगत लामो समयदेखि व्यावसायिक रूपमा खेती गर्दै आएका पालुङटार नगरपालिका–७, च्याङलिङ आहालेबरका ईश्वर श्रेष्ठले ४५ रोपनी जग्गामा आफूले लगाएको लिची खरिद गर्न मकवानपुरदेखि एक जना व्यापारी आफ्नो बारीमा आएको बताउनुभयो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । साथै योगको अनुकूलतामा समावेशीतालाई अक्षुण्ण राख्न तथा स्वस्थ एवं खुशियाली मानव जीवनमा योगदान पुग्ने उहाँको भनाइ छ ।
मार्सी धान लोप हुन थालेपछि त्यसको जगेर्ना र संरक्षणका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले मार्सी धानको व्यावसायिक खेती सुरु गरेको छ । मार्सीलगायत रैथाने जातका धानलाई प्रोत्साहन दिन उक्त गाउँपालिकाले मार्सी धान खेती लगाउन सुरु गरेको हो । वडा नं. ४ पिस्कर जलजलेको लितिखेतमा साढे पाँच रोपनीभन्दा बढी जग्गामा मार्सी धान खेती सुरु गरेर सो गाउँपालिकाले कृषकलाई सहयोग गर्न थालेको छ ।
विस्तारको तयारी भइरहेको भरतपुर विमानस्थलमा श्री एयरलाइन्सले ८० सिटे ठूलो जहाजको सेवा सफल परीक्षण गरेको छ । हाल ४७ सिटेभन्दा साना जहाज मात्रै अवतरण भइरहेको भरतपुर विमानस्थलमा श्रीले ८० सिटे जहाज परीक्षणमा सफलता पाएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, नागरिक उड्यन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीलगायतका अतिथिलाई साक्षी राखेर श्रीले बिहीबार आफ्नो परीक्षण उडान गरेको हो । परीक्षणका क्रममा श्री एयरलायन्सले चालक दलसहित प्राविधिकको टोलीसमेत अध्ययनका लागि भरतपुर ओरालेको छ ।