दिल्लीको एक अदालतले मदिराको अन्तः शुल्क नीतिसम्बन्धी सम्पत्ति शुद्धीकरण मुद्दामा जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बिहीबार जमानत दिएको छ ।
बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेसन मार्टमा बिहीबार साँझ भएको आगलागीबाट करिब ४५ करोड रुपियाँ बराबरको क्षति भएको छ ।
मधेश प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह कोइरीले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भने मूल नारालाई कार्यान्वयन गर्न योग अभ्यासलाई विद्यालय स्तरमा र वडा तहमा विस्तार गर्ने बताउनुभएको छ ।
गुल्मीको मालिका गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्ने नीति ल्याएको छ । बिहीबार मालिका गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष देविराम अर्यालले १९४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी तीन वर्ष भित्रमा बालमैत्री स्थानीय तह घोषणा गरिने बताउनुभयो ।
बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा घर जलेर पीडित भएका ३४ परिवारलाई जिल्ला विपद व्यवस्थापन समिति बाँके र डुडुवा गाउँपालिकाले राहत वितरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो ।
गुल्मीको मालिका गाउँपालिकाले 'बालमैत्री स्थानीय तह' घोषणा गर्ने नीति ल्याएको छ ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवम् दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनतालाई माया नगर्ने बताउनुभएको छ ।
हो, योगको अन्तिम लक्ष्य सिद्धि प्राप्त गर्नु हो । तर धनसिद्धि र नामसिद्धि प्राप्त गर्ने होड चलेको आजको युगमा मान्छेसँग योगसिद्धि प्राप्त गर्ने समय छैन । तर पनि आफ्नो व्यस्त दिनचर्याबाट अलिकति समय निकालेर योग–योगाभ्यास गर्यो भने आरोग्य सिद्धि प्राप्त गर्न निश्चित रूपले मद्दत पुग्छ ।
सर्वोच्च अदालतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीका संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुने भएको हो ।
मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ५० करोड ८२ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताउनुभएको छ ।
बेनी नगरपालिका–३ भकिम्लिका ४१ वर्षीय कविराम घर्तीलाई आफ्नै छोराले धारिलो हतियार प्रहार गर्दा घाइते हुनुभएको छ ।