• १२ असोज २०८१, शनिबार

बाबुलाई खुकुरी हान्ने मिलन पक्राउ

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असार ७ गते । बेनी नगरपालिका–३ भकिम्लिका ४१ वर्षीय कविराम घर्तीलाई आफ्नै छोराले धारिलो हतियार प्रहार गर्दा घाइते हुनुभएको छ ।

शुक्रवार बिहान २२ वर्षीय छोरा मिलन घर्तीले धारिलो हतियार प्रहार गर्दा कविरामको घाँटी र ढाडमा गम्भीर चोट लागेको बेनी अस्पतालले जनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते अवस्थामा रहनुभएका कविरामको उपचार बेनी अस्पतालमा सम्भव नहुने भनिएपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

हतियार प्रहार गर्ने मिलन घर्तीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।