• १२ असोज २०८१, शनिबार

लागूऔषध ओसारपसारमा संलग्न व्यक्ति पक्राउ

blog

पक्राउ परेका व्यक्ति । तस्बिर : बिष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, असार ७ गते ।
झापाबाट लागूऔषध ओसारपसारमा संलग्न दुई विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिकामा लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार बेलुका झापा गाउँपालिका वडा नं.१ सालमारा झोलुङ्गे पुल नजिकै जाँचको क्रममा भारत किसनगंज कुतवाभिट्टा नयाँ टोल बस्ने ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आलमलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो ।

साइकलबाट नेपालतर्फ आउँदै गरेको दुवैकाे साथबाट २० ग्राम ५५० मिलिग्राम ब्राउन सुगर फेला परेको चन्दले जानकारी दिनुभयो । गोप्य सूचनाका आधारमा प्रहरीले निगरानी राखेर जाँच गर्दा लागूऔषध भेटिएको प्रहरीको भनाइ छ । उनिहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको पनि चन्दले बताउनुभएको छ ।

यसैगरी, झापा गाउँपालिकाबाट नै अर्का एक व्यक्तिलाई पनि लाूगऔषधसहित प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय मनोज चौधरीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाहिने खुट्टाको चप्पलमा लुकाई ल्याउँदै गरेको एक ग्राम ६० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।