• १३ असोज २०८१, आइतबार

बाढी पहिरो मृतकका परिवारलाई दुई लाख दिने

blog

ललितपुर, असोज १३ गते । गोदावरी नगरपालिकाले अविरल वर्षाका कारण भएको डुबान तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ । प्रति परिवार राहत स्वरूप दुई लाख दिने निर्णय नगर कार्यपालिकाको शनिवार बसेको आकस्मिक बैठकले गरेको हो ।

नगर प्रमुख गजेन्द्र महर्जनले विपद्को बेला धैर्य गर्न अनुरोध गर्दै भने, ‘नहुनुपर्ने पर्ने कुरा भयो, आकस्मिक बैठक बसेर आर्थिक सहयोग गर्ने निर्णय ग¥यौँ ।’ मानवीय क्षति हुन नदिन नगरपालिकाले आफ्नो संयन्त्रको भरपुर प्रयोग गरेको बताउँदै नेपाली सेनालगायत अन्य सङ्घ संस्थाको समेत सहयोग लिएको बताए । ‘अथक प्रयासका बाबजुद पनि ज्यान जोगाउन सकिएन’, नगर प्रमुख महर्जनले भने । 

२०७४ सालको स्थानीय तहको निर्वाचन अघि नगरपालिका घोषणा भएको गोदावरी नगरपालिकाको अधिकांश वडा भौगोलिक दृष्टिले विकट छन् । नगरपालिकामा १४ वटा वडा छन् ।