• १३ असोज २०८१, आइतबार

जुट उद्योग डुबानमा पर्दा झन्डै दुई करोडको क्षति

blog

सचिन पोख्रेल

इटहरी, असोज १३ गते । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योग कलकारखानाले अविरल वर्षाको कारण डुबानमा पर्दा अधिक क्षति व्यहोर्नु परेहको छ । यस क्रममा सोनापुरमा रहेको नेपालकै सबैभन्दा ठुलो जुट उद्योगको रूपमा रहेको अरिहन्त मल्टी फाइवर्स लिमिटेडको गोदाम घर डुबानमा पर्दा करिब एक करोड ७५ लाख मूल्य बराबरको क्षति भएको छ ।

उद्योगका कार्यकारी प्रमुख गोविन्द बजगाईँका अनुसार अविरल वर्षाको कारण जुट उद्योगको गोदाम घर डुबानमा पर्दा त्यहाँ भण्डारण गरी राखिएको १ करोड ७५ लाख मूल्य बराबरको तयारी हेसियन कपडा डुबानमा परेर काम नै नलाग्ने गरी क्षति भएको हो ।

त्यसै गरी वर्षाको कारण सो उद्योग परिसर पनि डुबानमा परेर जलमग्न भएको छ । सो उद्योगमा पाँच हजार मजदुर र कर्मचारी कार्यरत रहेका छन् ।