बहुबिबाह मुद्दा : कैद एक वर्ष फरार नौ वर्ष
कैद तथा जरिवाना निकै कम हुँदा पनि फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गर्न थालेको छ । बहुबिबाह मुद्दाका किशोर भुसाललाई नौ वर्षपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर कारागार चलान गरेको छ ।
कानुनविपरीतका कार्यलाई वैधता !
नेपालका राजनीतिक दलले समग्र देशको अर्थ, भौतिक संरचना, विदेश, विकास तथा सुशासनबारे संयुक्त छलफल गरेको पाइँदैन । यसै गरी संसदीय दलहरूले पनि यस विषयमा अलग अलग र संयुक्त रूपमा छलफल गरेको पनि हेक्का छैन । तत्कालको सङ्कट टार्न कहिलेकाहीँ दलका शीर्ष नेताका बिच छलफल भएको देखिन्छ ।
ज्येष्ठ नागरिकको सम्मान
ज्येष्ठ नागरिक समाजका अनुभवी, ज्ञानका स्रोत र आदरणीय सदस्य हुन् ।
अपरिहार्य आर्थिक कूटनीति
आर्थिक कूटनीति शब्दावली नेपालको सन्दर्भमा नयाँ होइन ।
सङ्क्रमणकालीन न्याय प्रक्रिया
तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते सुरु गरेको सशस्त्र द्वन्द्व २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा आएर टुङ्गियो । उक्त शान्ति सम्झौतामा उल्लेख भएको माओवादी लडाकुहरूको समायोजन र संविधान सभाबाट संविधान जारी गर्ने काम सम्पन्न भयो । शान्ति सम्झौताको दफा ५.२.५ मा मानव अधिकार उल्लङ्घन र मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिका बारेमा सत्य तथ्य अनुसन्धान गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्नका लागि उच्च स्तरीय
निर्माणाधीन सडक छेउमा गाडिएको अवस्थामा शव फेला
धनकुटा महालक्ष्मी नगरपालिका – ७ धरधरेस्थित जितपुर–लेगुवा सडक खण्ड छेउमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
कर्णाली सरकारको बजेट ३२ अर्ब ९९ करोड (पूर्णपाठ)
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो ।
उनापानिमा आगालागी : आगो नियन्त्रणमा आउन सकेन, आठ घर जलेर नष्ट
हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–३ उनापानीको औलवस्तिमा भिषण आगलागी भएको छ । उनापानीको औलवस्तिमा आइतबार रातिबाट सुरु भएको आगलागी सोमबार बिहान बजेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती सरकारको बजेट ६७ अर्ब ४७ करोड (पूर्ण पाठ)
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड रुपियाँको बजेट ल्याएको छ । आइतबार साँझ अबेर ९ बजे बागमती प्रदेश सभामा बजेट प्रस्तुत गरेको हो ।
सुदूरपश्चिमको बजेट ३३ अर्ब ४७ करोड (पूर्ण पाठसहित)
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।
बागमती प्रदेशको बजेट वक्तव्य (प्रत्यक्ष प्रसारण)
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ वार्षिक बजेट प्रस्तुत गर्नु भएको छ ।
लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेशको बजेट (प्रत्यक्ष प्रसारण)
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत भइरहेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा बजेट प्रस्तुत गरिरहनु भएको हो ।
एक अर्ब घट्यो गण्डकीको बजेट (पूर्णपाठ)
अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै गण्डकी सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट पेश गर्नुभएको छ।
पुँजीगत खर्च बढ्न नसकेकोमा स्वास्थ्य मन्त्री पौडेल चिन्तित
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्नुभएको छ ।
मधेश प्रदेशको बजेट (प्रत्यक्ष प्रसारण)
मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत भएको छ । प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो।
प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध पक्षमा सांसदहरूले समीक्षात्मक टिप्पणी गर्नुभएको छ।
कोशीको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख, पर्यटनमा जोड
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपियाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ ।
गण्डकी प्रदेशको बजेट (प्रत्यक्ष प्रसारण)
गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ बजेट प्रस्तुत भएको छ । प्रदेशसभामा आइतबार गण्डकीका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आर्थिक वर्ष २०८२/०८३ राजस्व र व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो ।
सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ ।
महासचिव वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख
क्राान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्यमा सुधार देखिएको छ ।
हेवाखोलामा बेलीब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीब्रिज भाँचिएकाले तत्काल त्यहाँ अर्को पुलको व्यवस्था गर्न आवश्यक भएको बताउनुभएको छ ।
रेलेखोलाको विद्युत् प्रसारण लाइनमा जोडियो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।