अव्यवस्थित तार १५ दिनभित्र हटाउन गल्याङ नगरपालिकाको निर्देशन
स्याङ्जाको गल्याङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । गल्याङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले १५ दिन भित्र हटाउन र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
करिडोरको बागलुङ खण्ड : तीन वर्षमा ६५ प्रतिशत प्रगति
कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । कालीगण्डकी करिडोरको बागलुङ स्थित मालढुङ्गा बलेवा खण्डले बल्ल गति लिएको छ ।
विकासले फेरियो धिमवासीको जीवनशैली
बाजुराको हिमाली गाउँपालिकामा सडक बनेपछि यहाँका स्थानीयको जीवनशैलीमा फेरिएको छ । सदरमुकामदेखि हिमाली गाउँपालिका–६ को धिमबस्ती झन्डै ७० किलोटिरको दुरीमा पर्छ । यहाँका स्थानीय केही समय पहिला भेडाबाख्रा र खच्चडको भरमा गाउँमा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्थे तर अहिले सडक बनेपछि सबै जीवनशैली फेरिएको छ ।
विप्रेषणभित्रको व्यथा
पछिल्ला दशकमा नेपाली अर्थतन्त्रको मियो विप्रेषण नै भएको छ । देशको सीमाबाहिर गएर आर्जन गरेको रकम स्वदेशमा पठाएपछि त्यसलाई विप्रेषण अर्थात् रेमिट्यान्स भन्ने गरिन्छ । नेपालको वार्षिक बजेटकै हाराहारी विप्रेषण औपचारिक रूपमा आउने गरेको छ । नेपाली श्रमिकले बाहिर गएर आर्जन गरेको पैसा नेपाल पठाउँछन् । विदेशी मुद्रामै पठाएको पैसा नेपाली घरपरिवारले भने नेपाली रुपियाँ हात पार्छन् ।
शान्तिपूर्ण निर्वाचन दलीय दायित्व
नेपालको संविधान जारी भएपश्चात् तेस्रो पटक प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । यो निर्वाचन आवधिक प्रकृतिको नभई आकस्मिक प्रकृतिको हो । गत भदौ २३ तथा २४ को जेनजी विद्रोहको परिणामस्वरूप फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ ।
मदन भण्डारी राजमार्गः तम्घास–सिमलटारी खण्डमा चार पक्की पुल निर्माण
गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा चार पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
नयाँ नीति र नेतृत्वको चाहना
नेपाली कांग्रेस १५ औँ महाधिवेशनको सँघारमा छ । चारबर्से कार्यकाल यही मङ्सिर मसान्तमा समाप्त हुँदै छ । पार्टीभित्र भने महाधिवेशन मङ्सिरमा गर्ने कि निर्वाचनपछि भन्ने बहस लामो समयदेखि चलिरहेको छ । यही विषयमा सुरु भएको केन्द्रीय समिति बैठक लामो समयदेखि अनिर्णयको बन्दी भएको छ । कात्तिक १८ गतेको बैठकमा महामन्त्री गगन थापाले आमनिर्वाचनभन्दा पहिले यही मङ्सिरदेखि सु
पार्टी सभापतिमा बिपी मात्र विजयी
विसं २००७ को क्रान्तिको जगमा २०१५ सालमा पहिलो आमनिर्वाचन भयो । २०१५ साल कात्तिक २४ गते तत्कालीन राजा महेन्द्रले आमनिर्वाचनबारे शाही घोषणा गरे । २०१५ साल फागुन १ गते नयाँ संविधान जारी भएपछि निर्वाचनको आधार तय भएको थियो । राजाले शाही निर्वाचनसम्बन्धी घोषणा गरेको भोलिपल्ट कात्तिक २५ गते गोरखापत्रमा निर्वाचनको मनोनयन दर्ताको समय दिइएको थियो । उक्त निर्वाचनको मनोनयनपत्रको जाँच गर्न मङ्सिर २४ गतेदेखि ३० गतेसम्मको समय दिइएको थियो । २०१५ सालको चुनावमा मतदाताका लागि न्यूनतम उमेर २१ वर्ष तोकिएको थियो
आज देशका अधिकांश भागमा आंशिक बदली हुने
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आइतबार दिउँसो र राति देशभर आंशिक बदली रहने छ ।
सार्वजनिक संस्थान अर्थतन्त्रका प्रमुख आधार
सभ्यताको विकाससँगै वातावरणीय चुनौती हरेक दिन थप जटिल हुँदै छ । आजको युगमा जलवायु परिवर्तन, स्रोतसाधनको दोहन र वातावरणीय प्रदूषणले आर्थिक, सामाजिक र संस्थागत स्थायित्वमा गम्भीर प्रश्न उठाइरहेछन् ।
आगलागीका घटनामा वृद्धि
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मङ्सिर ११ गते बिहान १० देखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए ।
विकास गाउँ पुगेसँगै फेरियो धिमवासीको जीवनशैली
जिल्ला सदरमुकाम मार्तडीदेखि हिमाली गाउँपालिका–६ को धिम बस्ती झण्डै ७० किलोटिरको दूरीमा पर्दछ ।
अन्नपूर्ण आधारतिर घुम्दा
मध्यरातसम्म घान्द्रुक जागिरह्यो । काठमाडौँबाट लामो बाटो बसमा घान्द्रुक पुगेका हामी राम्ररी निदाउन पाएनौँ । भोलि बिहान सबेरै उठेर सुरु गर्नु छ अन्नपूर्ण आधार शिविर (दक्षिण) को पदयात्रा । असोजको अन्तिम, चिसो रामै्र छ घान्दु्रकमा । नहोस् पनि किन, अन्नपूर्ण र माछापुच्छ«े हिमालको काखमा कुनै मायालु शिशु झैँ लुटपुटिएर बसेको छ घान्द्रुक । आफ्नो परम्परागत परिचयलाई बचाएर आ
थेसिस
म हाइस्कुलको खुड्किलो भर्खरै चढ्दै थिएँ । तिसको दशकको मध्य समयमा । काठमाडौँमा पढ्ने गाउँले छिमेकी दाइका गफ दसैँतिहारमा सुन्थेँ, “पढाइ त सकियो अब थेसिस लेख्न बाँकी छ ।”
मिलारेपाको अवतार
नीलो, सेतो, रातो, हरियो र पहेँलो पञ्चरङ मिश्रित फरफराइरहेको लुङ्दारलाई हावाको झोकाले आफ्नै गतिमा गतिशील बनाइरहेको छ । त्यही हावाको वेगलाई स्पर्श गर्दै यतिबेला आममानिस मिलारेपाको अवतारलाई दर्शन गर्न आतुर छन् । बौद्ध धर्म गुरु, अनुयायीदेखि साधारण मान्छेले सुरुवातमै मिलारेपालाई कलाकार मुकेश श्रेष्ठको सुन्दर थाङ्का सिर्जनामा नियाल्छन् । त्यस्तै कला सिर्जना नियाल्दै गर्दा मिलारेपाको साधारण जीवनदेखि, योगी, अध्यात्म र सिद्धि प्राप्तसम्मको यात्रालाई अझै नियाल्न आतुर भएका रङ्गमञ्चको अ“ध्यारो परिवेशमा प्रवेश गर्छन् । मञ्चमा ठडिएका पञ्च
विश्वमा चिनिँदै नेपाल
अन्तर्राष्ट्रिय खेलकुदमा चामत्कारिक प्रदर्शन गरेर नेपालको नाम राख्नेमा क्रिकेट सबभन्दा अगाडि छ । पुरुष होस् या महिला क्रिकेट नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा वाहवाही नै कमाएको छ । नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमले चुपचाप, होहल्लाबिना दृष्टिविहीन टी–२० क्रिकेटमा उपविजेता बनेर क्रिकेटकै सबभन्दा ठुलो गौरव हासिल ग¥यो । नेपाली क्रिकेटलाई विश्वमा चिनाउनेमा अब नेपालको दृष्टिविहीन महिला क्रिकेट टिम
वास्तुकलाको अपूर्व सङ्गम
मिथिलाकी छोरी सीता । राजर्षि जनककी राजकुमारी भएर जनकपुरधामको दरबारमा हुर्केकी सीता वास्तवमा समग्र मिथिलाकै छोरी हुन् । उनी पृथ्वी स्वरूपा हुन् । राजा स्वयम् किसान भएर हलो जोत्ने क्रियाको प्रसङ्गले सीताको जन्मको महात्म्यलाई झनै महान् बनायो ।
वातावरण पत्रकारिताको दायित्व
हाल हाम्रो पृथ्वीको जलवायुमा निरन्तर अकल्पनीय परिवर्तन आइरहेका छन् । यस्ता परिवर्तनले मानव मात्र होइन धराबासी सारा सजीवलाई अस्तित्वको रक्षाका लागि चुनौती दिइरहेका छन् । यस्ता चुनौतीलाई सामना गर्न र मानवलगायत सम्पूर्ण जीवको जीवन सुरक्षाका लागि वातावरण पत्रकारिताको महत्व तथा दायित्व दिनप्रतिदिन बढिरहेको छ ।
त्रिवि सभाको फरक दृश्य
त्रिभुवन विश्वविद्यालयले गत बुधबार विश्वविद्यालय सभा सम्पन्न ग¥यो । गत साउन १५ गते सञ्चालन भएको सभाको पूरक बैठक थियो त्यो । साउनमा सम्पन्न बैठकले विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत नगरी बजेट मात्रै स्वीकृत गरेको थियो ।
नौमती बाजाले छाएको खुसी
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने नेपाली उखानलाई चन्द्रागिरी नगरपालिका–३, स्थित समृद्धि टोलमा अवस्थित ‘सिर्जनशील महिला संस्था’ ले चरितार्थ गरिदिएको छ । टोलमा बसोबास गर्ने केही महिला मिलेर २०७७ सालमा कानुनी प्रक्रिया पूरा गरी ‘सिर्जनशील महिला संस्था’ नामक संस्था दर्ता गरियो । नेपालमा परम्परादेखि चल्दै आएको बहुचर्चित मौलिक नौमती बाजाको संरक्षण र संवर्धन गर्ने मुख्य उद्देश्य
भाषा, समावेशिता र शान्ति
राष्ट्रको समान विकासका लागि समान पहुँच र सहभागितालाई ग्यारेन्टी गर्न संवैधानिक व्यवस्था मात्रै यथेष्ट हुँदैन । समान विकास हुँदा मात्रै दिगो शान्ति स्थापना हुने हुँदा समावेशिता र शान्ति एकअर्काका पर्याय बन्न पुग्छन् ।
महिला हिंसाको ८१ प्रतिशत कारक पुरुष
महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनले महिला हिंसाका कारकमा पुरुषको हिस्सा बढी देखाएको हो । १९ प्रतिशत हिंसा भने पुरुष प्रवृत्तिको महिलाका कारण हुने गरेको जनाइएको छ ।
पानी उद्योगका मेनेजरको रहस्यमय हत्या
बाराको प्रसौनी गाउँपालिका ६ भलुहीस्थित किरण बिग्रेज नेपाल प्रालिमा कार्यरत मेनेजरको अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या भएको घटना सार्वजनिक भएपछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका घर तथा कार्यालयमा भ्रष्टाचारविरोधी एकाइले छापा मारेको छ ।