मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट राजीनामा दिनुभएको छ ।
जनकपुर-ढल्केवर सडकखण्डको तीन स्थानमा आकासे पुल निर्माण तीव्र
धनुषाको जनकपुर–ढल्केवर ६ लेन सडक खण्डको तीन स्थानमा आकासे पुल निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ ।
पुरातात्विक महत्वका वस्तु जोगाउनै मुस्किल
पुर्खाले पहाड खोपर बनाएको गुफा आर्कषक पर्यटकीय गन्तब्य बनेपनि भित्र रहेका बहुमुल्य सामग्री राखिएका कोठा रित्तो भएपछि पर्यटन व्यवसायी समेत रहनुभएकी गुरूङसहित स्थानीयबासीको प्रयास सफल हुन सकेको छैन ।
अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब
युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ ।
भासिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो ।
काठमाडौँमा आज दिनभर आंशिक बदली हुने
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जेनजी सहिद दिवस
गोली निलेका सहिदका प्यारा ती लासले धिक्कार्ला धर्तीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला सहिद रोलान् हामीले उन्नति गरेर नगए । – कवि भूपि शेरचन
कार्यदक्षता हासिल गर्ने शिक्षा
नेपालमा विद्यालयदेखि उच्च शिक्षासम्म सिकाइमा सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्न धेरै प्रयास भएका छन् । शिक्षण संस्थाका लागि भवन, पुस्तकालय तथा प्रयोगशाला जस्ता भौतिक अवस्थामा ध्यान दिनुका अतिरिक्त समय अनुसार पाठ्यक्रम निर्माण, प्रबोधीकरण, तालिम, पुनर्ताजगी तालिम, शिक्षण सामग्री निर्माण र शिक्षण विधिका बारेमा धेरै लगानी भएको छ । शैक्षिक जनश
कर्मचारीतन्त्रमा रूपान्तरण
जेनजी पुस्ताले मुलुकमा सुशासन नभई अनियमितता तथा भ्रष्टाचार बढेको भन्दै आन्दोलन गरी सत्ता नै परिवर्तन गरिदिए । राज्यव्यवस्थामा स्थायी सरकार भनेको कर्मचारीतन्त्र हो । निर्वाचित सरकार त आवधिक हिसाबले परिवर्तन
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. सार्वभौम साखका लागि अन्तर्राष्ट्रिय मूल्याङ्कनकर्ता संस्था फिच रेटिङले गरेको मूल्याङ्कनमा नेपालले सन् २०२५ मा कुन रेटिङ प्राप्त गरेको छ ? बिबी माइनस (गत वर्षकै यथावत्) – फिच रेटिङले गरेको दोस्रो पटकको सार्वभौम सा
प्रशासनिक जवाफदेहिता : विषयगत प्रश्नोत्तर
प्रशासनिक जवाफदेहिता १. प्रशासनिक न्याय निरूपण भनेको के हो ? यसको आवश्यकता किन पर्छ ? चर्चा गर्नुहोस् । प्रशासनिक निकायहरूले न्यायिक प्रक्रिया अवलम्बन गरी विवाद निरूपण गर्ने कार्यलाई प्रशासनिक न्याय निरूपण भनिन्छ । यसमा प्रशासनिक निकायले कानुनप्रदत्त अधिकारको प्रयोग गरी न्यायिक ढङ्गले सुनुवाइ गरी निर्णय
१३ हजार बढी हिंसा पीडितले लिए ओसिएमसीबाट सेवा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ मा १३ हजार ५०२ जना हिंसा पीडितले अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएको जानकारी दिनुभयो ।
बेनीको तोरीपानीमा सामुदायिक ‘होमस्टे’
म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरिएको छ। मङ्गलबार पाहुनालाई स्वागत गरेर औपचारिक सुरुवात गरिएको छ।
एमाले महाधिवेशन प्रतिनिधि चयन सर्वसम्मत
नेकपा एमाले सिन्धुलीले पार्टीको आसन्न ११ औं केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मत टुङ्ग्याएको छ ।
विषयगत समिति सक्रिय
यतिबेला कर्णाली प्रदेश सभाको अधिवेशन बन्द छ । गत साउन महिनामा सकिएको प्रदेश सभाको बर्खे अधिवेशनपछि आगामी माघ महिनामा हिउँदे अधिवेशनको तयारीमा छ । यो अवधिमा प्रदेश सभामा ‘मिनी संसद्’ का रूपमा परिचित विषयगत समिति भने सक्रिय छन् । गत साउनदेखि मङ्सिरको दोस्रो सातासम्म २८ वटा बैठक बसेका छन् । प्रदेश सभामा सामाजिक विकास समिति, अर्थ तथा प्राकृतिक समिति, प्रदेश मामिला तथा विधायन समिति र सार्वजनिक लेखा समिति छन् । सबैभन्दा धेरै सामाजिक विकास समितिको १६ पटक बैठक बसेको छ ।
उखु किसानको अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरोधको आन्दोलन स्थगित
उखु उत्पादक किसानहरूले मङ्सिर १५ गतेदेखि सर्लाहीको हरिवनमा सुरु गर्ने भनेको अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरोधको आन्दोलन स्थगित गरेका छन् ।
शिक्षक अभावको पीडा
अन्धकारबाट उज्यालोतिर लैजाने सबैभन्दा सशक्त माध्यम नै शिक्षा हो । शिक्षा देश र समाजको भविष्य हो । हरेक बालबालिकाका निम्ति शिक्षा जीवनको तयारी हो । विद्यालय शिक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ ।
अर्थ सामाजिक विकासको शल्यक्रिया
विकास र अर्थतन्त्रबारे अहिले दुई वटा प्रश्न उठेका छन् । पहिलो, अर्थतन्त्रको आन्तरिक सामथ्र्यसमेत सुदृढ हुने गरी विश्वका विभिन्न देशले लागु गरेका असल नीतिलाई नेपाल अनुकूल बनाई कसरी लागु गर्ने ?
महिला नेतृत्व स्थापित गर्ने अवसर
महिला नेतृत्व बिरलै मिल्ने अवसर हो । कैयौँ अफ्रिकी मुलुक जस्तो मोजाम्बिक, युगान्डादेखि युरोपेली मुलुक डेनमार्क, इटालीसम्म महिला प्रधानमन्त्री रहेका छन् । छिमेकी मुलुक भारतका राष्ट्रपति द्रौपदी मुर्मू वा बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना, खालिदा जिया महिला नेतृत्वका उदाहरण हुन् । नेपालमै पनि केही समयअघि विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभयो ।
बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव
कोशी, मधेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्वास्थ्यमन्त्री गौतमसँग नेपालका लागि श्रीलङ्काका राजदूतको शिष्टाचार भेट
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमसँग नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेलपिटियाले आज शिष्टाचार भेट गर्नुभएको छ ।
एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी आठ टोलीमध्ये साविक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ ।
ऊर्जामन्त्री घिसिङद्वारा निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण
ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ ।
स्वाधीनताको पक्षमा उभिदा चौतर्फी हमला भयो : नेता गुरुङ
नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएपछि एमालेजनप्रति चौतर्फी हमला भएको बताउनुभएको छ ।